Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ असोज ०७ गते, बिहान १०:५१ बजे
धादिङ्ग - DHG

बूढीगण्डकी नदीमा नुहाउन गएका व्यक्ति बेपत्ता

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज ७, धादिङ | उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित बूढीगण्डकी नदीमा नुहाउन गएका एक भारतीय नागरिक बेपत्ता भएका छन् । 

त्रिपुरासुन्दरी गाउँपालिका वार्ड नम्बर १ बुट्टार स्थित बूढीगण्डकी र आँखुखोलाको दोभानमा नुहाउन गएका बेला दक्षिणी भारत बङ्लोर निवासी ४० वर्षीय आनन्द मोहन बेपत्ता भएका हुन् । 

उनलाई माथिबाट खससेको ढिस्कोले पुरेर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए । 

बेपत्ता उनको खोजी भइरहेको जनाइएको छ ।