By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    11 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    14 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    14 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    14 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    17 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    17 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    18 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: भोलिबाट हिउँदे अधिवेशन सुरु, १ सय ७४ वटा कानुन संशोधनको पाइपलाइनमा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > भोलिबाट हिउँदे अधिवेशन सुरु, १ सय ७४ वटा कानुन संशोधनको पाइपलाइनमा
काठमाडौँ - KTMसमाज

भोलिबाट हिउँदे अधिवेशन सुरु, १ सय ७४ वटा कानुन संशोधनको पाइपलाइनमा

साझासवाल
Last updated: December 25, 2018 8:06 am
साझासवाल
6 Min Read
Share

नारायण न्यौपाने | पुस १०, काठमाडौँ | सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन भोलि बुधबारदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भवन नयाँ बानेश्वरमा बुधबार अपराह्न ४ बजे प्रारम्भ हुने गरी सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । नेपालको संविधानले सरकारको सिफारिशमा राष्ट्रपतिलाई सङ्घीय संसद्को अधिवेशन आह्वान र अन्य गर्ने अधिकार प्रदान गरेको छ । 

संसद्को हिउँदे अधिवेशनका रुपमा रहने यो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा लिने गरिन्छ । संसद्को आगामी अधिवेशनको पूरै अवधि विधेयकमाथि छलफल र पारित गर्ने विषयमा नै केन्द्रित रहेको छ । 

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले चलनचल्तीको भाषामा हिँउदे अधिवेशन भनिए पनि यो अधिवेशनको मुख्य जिम्मेवारी भनेको विधेयकमाथिको छलफल र पारित गर्नु नै भएको बताए । 

उनले भने, ‘यस पटकको यो अधिवेशनको अलि विशेष नै महत्व छ, कर्मचारी समायोजनसम्बन्धी अध्यादेश प्रस्तुत हुनेछ, साझा सूचीमा रहेका कानून बनाउनु पर्नेछ, संविधानसँग बाँझिएका हदसम्म बदर हुने कानूनको संशोधन गर्नु पर्नेछ, सरकारले त्यसको तयारी गरिरहेको जनाएको छ ।’ 

आगामी फागुन २१ गते अर्थात (सङ्घीय संसद्को पहिलो बैठक बसेको एक वर्षभित्र) नेपालको संविधानसँग बाझिने कानून नयाँ ल्याएर होस् वा संशोधन गरेर होस् संविधानसम्मत बनाई सक्नुपर्ने कार्यभार रहेको हुँदा यो अधिवेशन निकै महत्वप पूर्ण रहेको छ । 

सरकारले त्यस्ता कानूनको पहिचान गर्ने र संसद्का दुवै सदनले एउटा निश्चित समयावधिभित्रै सबै विधि र प्रक्रिया पूरा गरेर अघि बढ्नुपर्ने भएकाले यो विषय आफैँमा पनि चुनौतीपूर्ण र बाध्यकारी छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल भन्छन्, ‘मुलुकमा विद्यमान रहेका ३३९ कानूनमध्ये १६५ पूर्ण छन्, यिनले संविधान र सङ्घीयता चिनेका छन्, अरुलाई संशोधन र परिमार्जन गरेर संविधान र सङ्घीयतालाई चिनाउनुपर्नेछ ।’ 

‘संविधानको साझा सूची, संविधानको धारा ३०४ र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानून निर्माणलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको छ, वर्षको हिसाबले हेर्ने हो भने कानून निर्माणको वर्षको क्रममा समयक्रमले ल्याएको छ, यद्यपि, धेरै काम निश्चित समयावधिभित्र पूरा गर्नुपर्ने भएकाले समयले भने चापेको छ’ उनी भन्छन् । 

उक्त कार्यका लागि कम्तीमा पनि ३५ देखि ४० वटा विधेयक आउने अनुमान गरिएकोमा हालसम्म संसद् सचिवालयमा केबल तीन वटा मात्र विधेयक दर्ता भएको बताइएको छ । कर्मचारी समायोजनसम्बन्धी अध्यादेश संसद् नभएको बेला यो बीचमा जारी भएको हुँदा संसद् प्रारम्भ भएकै दिन उक्त अध्यादेश सदनसमक्ष प्रस्तुत हुनेछ । 

प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेस संसदीय दलका सचेतक पुष्प भुसालले संविधानसँग बाँझिएका कानूनको संशोधन, साझा सूचीमा रहेका कानून निर्माणलाई तदारुकता दिनुपर्नेमा सरकारले आवश्यक ध्यान नपुर्याएको विषयमा सदनमा कुरा उठाउने बताए । उनले भने, ‘मुलुकमा व्याप्त भ्रष्टाचार, महँगी र शान्ति सुरक्षामा देखिएका कमजोरी तथा जनताका सरोकारका विषयमा सदनमा आवाज उठाइने छ ।’ 

एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भका बीचको अवधि ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ । संसद्को पहिलो बैठकमा संसद् आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुख र अध्यक्षले आ–आफ्ना सदनसमक्ष वाचन गर्नेछन् । अरु विषय भने कार्य व्यवस्था परामर्श समितिले तय गरेको कार्यसूचीका आधारमा सदनका काम कारवाही अघि बढ्ने छ । अघिल्लो संसद् चलेका बेला दर्ता भएकामध्ये प्रतिनिधिसभामा सात र राष्ट्रियसभामा रहेका तीन विधेयक छलफलका लागि एकापसका सदनमा पठाइने छ । 

नेपाली जनताका प्रतिनिधिले सार्वभौमसत्ताको पूर्ण अभ्यास गर्ने सङ्घीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक छ । सङ्घीय संसद्को प्रमुख कार्य भनेको सङ्घको अधिकार क्षेत्रका विषयमा कानून निर्माण गर्ने, सरकार गठन गर्ने, सरकारको नीति तथा कार्यक्रममाथि छलफल र पारित गर्ने, संविधान संशोधन र जनमत सङ्ग्रहसम्बन्धी निर्णय गर्ने हो । 

बजेट छलफल र पारित गर्ने, सरकारका नियमित काम कारवाहीको निगरानी राख्ने, सरकारलाई आवश्यक निर्देशन र सुझाव दिने तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता अनुमोदन गर्ने सङ्घीय संसद्का प्रमुख कार्यभार हुन् । 

कूल ३३४ सदस्यीय सङ्घीय संसद्मा ११२ महिला सदस्यको प्रतिनिधित्व छ । प्रतिनिधिसभा २७५ सदस्यीय छ भने राष्ट्रियसभा ५९ सदस्यीय हो । प्रतिनिधिसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काङ्ग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, सङ्घीय समाजवादी फोरम, नयाँ शक्ति पार्टी नेपाल, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व छ । छक्कबहादुर लामा स्वतन्त्र सांसदको रुपमा प्रतिनिधिसभामा रहेका छन् ।  

सङ्घीय सदनको माथिल्लो सदन राष्ट्रियसभामा भने नेकपा, नेपाली काङ्ग्रेस, राजपा र सङ्घीय समाजवादी फोरम दलका प्रतिनिधि र तीन मनोनीत सांसदले प्रतिनिधित्व गरेका छन्। ‘मिनी पार्लियामेन्टस्’ का रुपमा प्रतिनिधिसभा मातहत १०, राष्ट्रियसभाका चार र संयुक्त समिति दुईवटा छन् । 

कानून निर्माणसम्बन्धी सङ्घ, प्रदेश र स्थानीय तहमा आ–आफ्ना सूची रहेका छन्, पहिलो प्राथमिकता आ–आफ्ना कानून निर्माणलाई तत् निकायले प्राथमिकता दिनुपर्दछ भने साझा सूचीको कानून बनाउने विषयको नेतृत्व केन्द्रले लिनुपर्दछ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले बुधबार बस्ने बैठकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । 

पहिलो बैठकमा राष्ट्रपति कार्यालयको पत्र वाचन गर्ने, राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा सन्देशसहित पठाएको प्रशासकीय अदालतसम्बन्धी विधेयक टेबुल गर्ने तथा कर्मचारी समायोजनसम्बन्धी अध्यादेश प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको उनले जानकारी दिए । 

त्यसकारण साझा सूचीमा रहेको कानून निर्माणको गृहकार्य गर्ने ठूलो जिम्मेवारी केन्द्रकै हो भन्नुको अर्थ सङ्घीय संसद्ले नेतृत्व गर्नुपर्छ भन्ने हो । छोटो समयमा कानून निर्माणसम्बन्धी धेरै काम गर्नुपर्ने भएकाले सरकार र संसद्ले आगामी अधिवेशनमा निकै सक्रिय र चनाखोका साथ काम गर्नुपर्ने चुनौती रहेको छ । 

रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article प्रदेश नं ३ को राजधानी कायम नहुँदा जनप्रतिनिधि अन्योलमा
Next Article भोकमरी, बोक्सी र छाउपडी प्रथाविरुद्ध लड्न आग्रह
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

अफगानिस्तानमा उपराष्ट्रपतिलाई लक्षित गरेर विस्फोटन, दुईको मृत्यु,१२ जना घाइते

57 years ago
काठमाडौँ - KTMसमाजसिराहा - SRH

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

57 years ago
काठमाडौँ - KTMगुल्मी - GLMबिशेष खबर

गीता नेपाली हत्या प्रकरण: यौन मस्तीमा जात खोजेनन प्रेमीले, विवाह गरौं भन्दा ज्यानै लिए

57 years ago
अर्घाखाँची - AGKकाठमाडौँ - KTMपाल्पा - PLPसमाज

श्रीमतीद्वारा ढुंगा प्रहार गरि आफ्नै श्रीमानको हत्या

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?