१० माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश नं ३ को राजधानी कायम नहुँदा जनप्रतिनिधि अन्योलमा

१० पुष २०७५, मंगलवार ०७:५०

पुस १०, काठमाडौँ | प्रदेश नं ३ को राजधानी तोक्ने कार्य ढिलाइ हुँदा जनप्रतिनिधि अन्योलमा देखिएका छन् । 

समयमै प्रदेशको राजधानी खोजी र घोषणा नभएका कारण चालू आवको बजेटलाई स्थानीय विकास तथा पूर्वाधार निर्माणका गतिविधि सञ्चालनमा कुन क्षेत्रलाई कसरी प्राथमिकता दिने विषयमा प्रदेश सांसद र स्थानीय प्रतिनिधिबीच स्पष्टताको समस्या देखिएको छ । 

दशैँलगत्तै अस्थायी मुकाम हेटौँडालाई परिवर्तन गरी यस प्रदेशअन्तर्गतका १३ जिल्लामध्ये सबैलाई सुविधा हुने गरी उपयुक्त स्थानमा राजधानीको टुङ्गो लगाउने सहमति र समझदारी जनप्रतिनिधिबीच भएको थियो । प्रदेश राजधानीका लागि सुगमता र हावापानीका दृष्टिकोणले काभ्रे, नुवाकोट, धादिङ र चितवनलाई उपयुक्त स्थानका रूपमा पाइएको थियो । 

प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलले चालू आवका लागि नीति तथा कार्यक्रमका साथै बजेट सार्वजनिक भइसकेकाले ती कार्यक्रम र बजेट कार्यान्वयनका लागि तत्काल मुकाम परिवर्तन नगरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

प्रदेशसभा सदस्य वसन्त मानन्धरले काठमाडौँ उपत्यकाका साथै हेटौँडामा विगतमा यातायात, सञ्चार, औद्योगिक क्षेत्रको विकास भएका कारण वैज्ञानिक अध्ययन गरी राजधानी तोक्नुपर्नेमा जोड दिनुभयो । उहाँले राजधानी तोक्न तथा त्यसको नामाकरणमा भइरहेको ढिलाइले स्थानीय समस्या ओझेलमा पर्ने गरेकामा चिन्ता व्यक्त गर्नुभयो । 

प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले राजधानी घोषणा गरी नामाकरण छिटो छरितो भएमा त्यस स्थानको इतिहास, साँस्कृतिक पक्ष, परम्परासहित स्थानीय वस्तुको उत्पादन र बजारीकरणमा थप सहजता आउने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारसम्बन्धीका कानून परिमार्जन गरिन्छ : श्रममन्त्री भण्डारी ट्रम्पको घोषणाविरूद्ध पानामाले दियो राष्ट्र संघमा उजुरी रविको थुनछेक बहस: थुनछेकको औचित्य नभएको भन्दै सरकारी वकिल र श्रीमानबीच नोकझोक महानगरले दिएन चिनियाँ दूतावासलाई ठमेलमा ‘स्प्रिङ फेस्टिबल’ गर्ने अनुमति रविलाई प्रहरीको सट्टा परिवारको जिम्मा लगाएको भन्दै इजलासमा उठ्यो प्रश्न १२० नेपालीलाई डिपोर्ट गर्दै पोर्चुगल ! सप्तरीमा १५ वर्षीया किशोरीको बलात्कार, प्रतिकार गर्ने क्रममा किशोरीको हात भाँचियो स्याङ्जामा भेटिएको सेनाद्वारा बम डिस्पोज भीम रावलको पक्षमा लागेको भन्दै अछामका ६ जना एमालेवाट निष्काषित कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली चलाए मलेसियाको ‘मस्ट वान्टेड’को सूचीमा दुई नेपाली कामदार क्यानडामा एक नेपाली छात्रामाथि सामूहिक बलात्कार रेड नोटिस जारी भएका व्यक्ति ओमानबाट पक्राउ कपिल शर्मा, राजपाल यादव र रेमो डिसुजालाई ज्यान मार्ने धम्की बुधवार सन्दीपले गराए शल्यक्रिया, केही दिन अस्पतालमै बस्नुपर्ने एनआरएनएको एकता महाधिवेशन मे ३ देखि ५ सम्म काठमाडौंमा हुने (कार्यविधि सहित) रवि लामिछानेविरुद्ध थुनछेक बहस जारी भारतको महाराष्ट्रमा रेलले किच्दा ४ नेपालीको मृत्यु (अपडेट) भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या १३ पुग्यो भने ३ नेपालीको सनाखत च्याम्पियन्स लिग : रेडबुल साल्जबर्गविरुद्ध रियलको सानदार जित