माघ ७, काठमाडौं | खुंखार मानव तस्कर लोप्साङ लामा नयाँ दिल्लीबाट पक्राउ परेका छन् ।
दिल्लीको वजिराबाद बस्ने ओखलढुङगाका लामालाई दिल्ली प्रहरीको विशेष सेलले यमुना नदीभित्र प्रवेश गरी पक्राउ गरेको हो ।
प्रहरीले आफ्नो पिछा गरिरहेको थाहा पाएपछि लोप्साङले यमुना नदीमा हाम्फालेका थिए। प्रहरीले नदीमै हाम्फालेर उनलाई पक्राउ गरेको हो । दिल्ली प्रहरीले नेपाली राहदानीबाहक लामालाइ पक्राउ गर्नेका लागि एक लाख भारतीय रूपैयाँ पुरस्कार घोषणा समेत गरेको थियो।
लामा दलालमार्फत नेपाली युवती भारत पुर्याउने र उनीहरूलाई भारतका विभिन्न सहरहरुबाट खाडी र अफ्रिका पठाउने कार्यमा संलग्न थिए। लामाको गिरफ्तारीले मानव तस्करीको एउटा ठूलो गिरोहको पर्दाफास हुने अनुमान गरिएको छ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!