By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    13 minutes ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    28 minutes ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    4 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    22 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    4 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको लाखौ रकममा सभासदकै रजाई
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको लाखौ रकममा सभासदकै रजाई
पर्बत - PBTसमाज

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको लाखौ रकममा सभासदकै रजाई

साझासवाल
Last updated: April 5, 2016 7:35 am
साझासवाल
7 Min Read
Share

कांग्रेस साँसद जोशी र एमाले साँसद चापागाईले रकम आफ्नै पोल्टामा बाडीचुँडी राखे
 savasadपर्वत, हामीले गाउँघरमा सुन्दै आएको उखान ‘काले काले मिलेर खाउ भाले’ यतिखेर पर्वतका दुई सभासदले चरितार्थ गरेका छन् । यो उखान चरितार्थ गर्ने सभासद पात्रहरु हुन्–नेपाली कांग्रेस पर्वत क्षेत्र नं.१ का सभासद अर्जुन प्रसाद जोशी र नेकपा एमाले समानुपातिक सभासद कल्पना चापागाइ ।

यी दुई सभासद मिलेर निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको लाखौ रकम बाँडीचुँडी आफ्नै पोल्टामा राखेका छन् भने रकमलाई कार्यकर्ताको बाँडीचुडी मागी खाने भाँडो बनाएका छन् । काँग्रेस नेता तथा सांसद अर्जुन प्रसाद जोशीले एमाले नेता तथा सांसद कल्पना चापागाईको रेडियो दिदीबहिनीलाई र चापागाईले जोशीका भाई तथा काँग्रेस नेता युवराज जोशी अध्यक्ष रहेको रेडियोमा पूर्वाधार विकासको रकम सहयोग गरेका हुन् ।

यी दुई सभासदहरुको आर्थिक सहयोगलाई लिएर जिल्लामा आमसर्वसाधारण विच चर्चापरिचर्चा शुरु भएको छ । कांगे्रस र एमाले सभासदका विच भएको आर्थिक सहयोगले चानचूने महत्व राखेको छैन । सभासद तथा रेडियो दिदिबहिनी एफ.एम.का अध्यक्ष कल्पना चापागाईले पर्वतका सभासद तथा कांग्रेस नेता अर्जुन जोशीका भाई तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी युबराज जोशी अध्यक्ष रहेको रेडियो शालीग्राम एफ.एम.लाई ५ लाख रेडियोको ईक्यूपमेण्ट खरिद शिर्षकमा सहयोग गरेकी छन् भने जोशीले चापागाई अध्यक्ष रहेको रेडियो दिदी बहिनी एफएमको पूर्वाधार निर्माणमा १० लाख रुपैयाँ सहयोग गरेका हुन् ।

जिल्लाको समग्र भौतिक विकासमा लगानी गर्ने भनी विनियोजित रकमलाई आ–आफ्नो रेडियोमा लगानी गर्नुले सभासदहरुको नियत माथि नै प्रश्न उठ्ने गरेको सर्वसाधारणको बुझाई छ । अझ रोचक प्रश्न के छ भने रेडियोलाई आखिर लाखौ रकम दिनु थियो भने घुमाउरो बाटो किन रोजियो ? सीधै आफ्नो रेडियोमा किन लगानी गर्न एकले अर्को सभासदको सहयोग लिनु परेको ? यसको जवाफ अख्तियारबाट जोगिन खोज्नु रहेको बुझिन्छ । दुई फरक पार्टीका नेताहरु मिलेर रकम बाँडफाँड गर्नु देख्दा नै अस्वभाविक भएको र मिलाएर खाने षड्यन्त्र बाहेक केही नभएको नेकपा एमाले पर्वतका एक जिल्ला नेताको भनाई छ ।

दुबै नेताहरुले गरेको बजेट बाँडफाँडको समग्र अवस्था हेर्दा पूर्वाधार विकास खास गरी कच्ची मार्ग निर्माण खर्चिएको देखिन्छ । कच्ची मार्गमा रकम विनियोजित गर्दा आर्थिक अनियमितता नदेखिने, कमिशन सजिलै मिल्ने र आफ्ना आसेपासे कार्यकर्ता पोस्न सजिलो हुने ठहर सभासदको हुनसक्छ भनी कांग्रेसकै कार्यकर्ता बताउँछन् ।  सभासदहरुको रकम बाँडेर आफूखशी गरेपछि जिल्लाका राजनीतिक दलका ईमान्दार कार्यकर्ता समेत रुष्ट छन् । जनताका नाउँमा आएको रकममा देशका नीति नियमनकारी निकायमा बसेकाले नै बिगार्नु अस्वभाविक भएको नेकपा क्रान्तिकारी माओवादीका जिल्ला संयोजक तेजेन्द्र पौडेल बताए ।

सभासदले विनियोजित गरेको निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रका लागि १ करोड ५० लाख र सांसद विकास कोष अन्र्तगतका लागि २० लाख रुपैंया पाईन्छ । पर्वत जिल्लाका २ निर्वाचन क्षेत्रमा ३ करोड र सांसद विकास कोष अन्तर्गत ६० लाख रुपैया रहेको छ । जिल्लाबाट एक पटक संसदको र दुई पटक संविधानसभामा विजयी भएर सफल राजनीतिक खेलाडी भनेर चिनिने सभासद जोशीले सभासदको नाममा आएको विकासे बजेटलाई आफ्नै कार्यकर्ता पोस्ने काममा लगानी गरेको भनी आलोचित बन्ने गरेका छन् । रेडियोमा लगानीले यो भनाईलाई थप स्पष्ट पारेको छ ।

kusmaka-fm1

वर्षेनी रेडियो दिदीबहिनीको वार्षिक उत्सवको मौका छोपेर व्यापारिक महोत्सव संचालन गर्न सफल बन्दै आएकी सभासद चापागाई महोत्सवको आयव्यय सार्वजनिक नगर्ने गरेको भनी महिला दिदीबहिनीहरुबाटै आलोचित बन्दै आएकी चतुर पात्र हुन् । महोत्सव गर्ने थलो सार्वजनिक खुला चौर भएपनि टिकट काटेर मात्र महोत्सवमा प्रवेश गराउने सभासद चापागाईले आयव्यय सार्वजनिक गर्नु त परको कुरा सभासदको नाममा आउने विकासे रकममा समेत आँखा लगाएपछि थप विवादित बनेकी छन् ।  त्यसैगरि क्षेत्र नं. २ अन्तर्गत सांसद विकास लम्सालले संसद विकास कोषको रकम अनुत्पादक र केवल कार्यकर्ताकै भरणपोषण गर्ने टुक्रे योजनामा खर्चिदै आएको कार्यकर्ताको गुनासो छ ।

विनियोजित रकम कहाँ कति ?

विनियोजन गरिएको बजेट मध्ये क्षेत्र नंं. १ मा सवैभन्दा बढि कुल ७२ लाख रुपैंया सडकमा विनियोजन भएको भने यसैगरी खानेपानी र खेलकुदमा ७÷७ लाख रुपैंया विनियोजन भएको छ । त्यसैगरी सिंचाईमा ११ लाख र पूर्वाधार निर्माण कार्यक्रमका लागि २१ लाख तथा शिक्षा क्षेत्रका लागि ३१ लाख रुपैंया विनियोजित देखिन्छ ।

सडकमा विनियोजित रकम हेर्ने हो भने अधिकांश १ लाखदेखि ५ लाखसम्मको टुक्रे र सानो अंशको लगानी गरेको देखिन्छ । जिविसका अनुसार करीव एक दर्जन गाविसमा यस्तो टुक्रे लगानी गरिएको छ । जुन प्रभावकारी न्यून प्राय छन् । अर्कोतर्फ खानेपानीमा भने उपल्लो हलहले क्याङ १ लाख, चुवा दलित वस्ती १ लाख ५० हजार, पूर्णेश्वर उमावि १ लाख, जलजला चुत्रेनी खापा १ लाख, सल्लेनी शालिजा १ लाख, मझुवा क्याङ १ लाख ५० हजार रुपैंया विनियोजन भएको छ । यसैगरी खेलकुद विकास अन्तर्गत बनौ पाखरी खेलकुद १ लाख, शालीजा दिपशिखा १ लाख, आर्थर सुनाखरी युवा क्लब १ लाख, चुवा नवदिप युवा क्लब १ लाख, आख्रेनी युवा क्लब १ लाख, देउराली युवा क्लब भुक १ लाख, दालपोखरी खेल मैदान १ लाख रुपैंया विनियोजित छ ।

यसैगरी सिँचाई पुर्वाधार निर्माण अन्तर्गत भुक २ लाख, गैरीस्वारा सिंचाई दुर्लुङ २ लाख, कमेरे सिंचाई देउराली १ लाख ५० हजार, ज्ञादी सिंचाई २ लाख, भट्टेखेल फल्जेनी सिंचाई १ लाख ५० हजार, फुतफुते सिंचाई नाङलीवाङ २ लाख गरी ११ लाख रुपैंया छुट्टाईएको छ ।
सरकारले निर्वाचन क्षेत्रमा पूर्वाधार निर्माणका लागि सञ्चालन गर्ने यस्ता योजनाबाट पर्वत क्षेत्र नं १ मा निर्माण भएको कृषि संकलन केन्द्रका लागि ५ लाख र सामुदायिक भवनहरु निर्माणका लागि ८ लाख रुपैया विनियोजन भएको छ । सांसद जोशी संयोजक रहने गरी विनियोजन भएको क्षेत्र नं १ अन्तर्गतका निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको रकमबाट रेडियो दिदिवहिनीको पूर्वाधार निर्माण भनी १० लाख रकम विनियोजन भएको हो ।

यसैगरी उक्त रकमबाट जनता सुदर्शन क्याम्पस ठुलिपोखरी ३ लाख, हिमालय उमावि खुर्कोट ६ लाख, गुप्तेश्वर क्याम्पस ३ लाख, विरेन्द्र उमावि पकुवा २ लाख, पशुपति उमावि ३ लाख, नुवार सुवेदी थर मावि पाङ २ लाख, जनएकता प्रावि आर्थर १ लाख, स्वर्णद्धार र स्तम्भ निर्माण ठुलिपोखरी ३ लाख र नवजागृत उमावि ८ लाख गरी ३१ लाख रुपैंया शिक्षा क्षेत्रमा रकम विनियोजन भएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको लाखौ रकममा सभासदकै रजाई
Next Article डडेल्धुरामा च्याउको नमूना प्रदर्शन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

सगरमाथा आरोहणमा कामीरिताको नयाँ कीर्तिमानी

57 years ago
काठमाडौँ - KTMसमाज

माधव, झलनाथलाई प्रचण्डको ब्रिफिङ : मूर्खदेखि दैव डराउँछ भनेजस्तो अवस्थामा पुगेँ

57 years ago
काठमाडौँ - KTMगुल्मी - GLMसमाज

चार शिक्षकका शुन्य विद्यार्थी, तलवका लागि मात्र हाँजिरी

57 years ago
समाज

ठगी आरोपमा ‘गौरीभक्त बाबा’ भनिने पुरुषोत्तम काफ्ले भारतबाट पक्राउ

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?