पुरुषलाई बन्धक बनाएर राखेको आरोपमा एक महिला पक्राउ

Posted on: 10 May, 2019

वैशाख २७, काठमाडौं । आर्थिक लेनदेनको विषयमा व्यक्तिलाई बन्धक बनाएको अरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अमिना भुजेल रहेको प्रहरीले जनाएको छ ।

भुजेलले इमाडोलका कृष्ण चौडेललाई बन्धक बनाइ राखेकी थिइन्  । महाशाखाका एसपी केदार ढकालका अनुसार  भुजेल र चौडेलबीच लेनदेनको विवाद रहेको थियो ।

 भुजेलले चौडेललाई २ लाख रुपैयाँ ऋण दिएकी थिइन् । तर, ब्याज वापतको रकम दिन बाँकी थियो । रकम नदिएपछि भुजेलले उनलाई बन्धक बनाउने प्रयास गरेकी थिइन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको एसपी ढकालको जनाए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!