Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपद्का घटनामा वृद्धि :दुई महीनामा ६९ जनाको मृत्यु

२०७६, ७ असार शनिबार ०५:४७

असार ७, काठमाडौँ । कमजोर भू–धरातल र  बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, बसाइँसराइ, वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण देशभर विपद्का घटनामा वृद्धि भएको छ । वैशाख र जेठमा  मात्र विपद्का घटनाबाट देशभर ६९ जनाको मृत्यु भएको छ भने ३४३ जना घाइते तथा दुई जना बेपत्ता भएका छन् । 

नेपाल प्रहरी, विपद् व्यवस्थापन महाशाखाका अनुसार आगालागीबाट दश, पहिरोबाट चार, चट्याङ लागेर २३, विभिन्न जनावरको आक्रमणबाट सात, महामारीबाट एक, हावाहुरीबाट आठ, लेक लागेर १३ तथा अन्य विपद्का घटनाबाट तीन जनाको मृत्यु भएको छ । आगलागीबाट ३५, पहिरोबाट दुई, चट्याङ लागेर १२८, विभिन्न जनावरको आक्रमणबाट ३२, हावाहुरीबाट १४१, हिमपहिरोबाट एक र अन्य विपद्का कारण चार जना घाइते भएको नेपाल प्रहरी, विपद् व्यवस्थापन महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिलीपकुमार चौधरीले जानकारी दिनुभयो ।  

तथ्याङ्कअनुसार दुई महीनाको अवधिमा आगलागीबाट रु ९९ करोड ३४ लाख ९१ हजार, बाढीका कारण रु एक करोड ९७ लाख, पहिरोबाट रु १३ लाख ४५ हजार, चट्याङबाट रु २३ लाख १४ हजार, जनावरको आक्रमणबाट रु चार लाख ४० हजार र हावाहुरीबाट रु चार करोड ९० लाख २४ हजार बराबरको क्षति भएको छ । विसं २०७५ वैशाखदेखि चैतसम्म विपद्का कारण ३८८ जनाको मृत्यु हुनुका साथै एक हजार ३०५ जना घाइते र १० जना बेपत्ता भएका छन् । यस्तै तीन हजार १७५ पुशुचौपाया मरेका छन् भने दुई हजार ५१६ घरमा क्षति पुगेको छ । पाँच सय नौ परिवार विस्थापित तथा रु दुई अर्ब ५१ करोड एक लाख २७ हजार बराबरको क्षति भएको छ ।  

प्रहरी वरिष्ठ उपरीक्षक चौधरी नेपाल प्रहरीले सीमित स्रोत र साधनका बाबजुत विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको बताउनुहुन्छ । विसं २०६८ चैतमा नेपाल प्रहरीको विपद् व्यवस्थापन शाखा स्थापना भएको हो । पछि २०६९ सालमा प्रतिकार्य दल हुँदै सोही वर्ष विपद् व्यवस्थापन महाशाखाको रुपमा परिणत भएको हो । प्रहरीको विपद् व्यवस्थापनतर्फ हाल एक हजार ३२२ दरबन्दी रहेको चौधरी बताउनुहुन्छ । “केन्द्रमा ४४७ र सातै प्रदेशमा विपद् व्यवस्थापन गुल्म स्थापना गरी १२५ जनाको दरबन्दी कायम गरिएको छ”, उहाँले भन्नुभयो । विपद् व्यवस्थापनको क्षेत्रमा तालीमसमेत प्रदान गरिँदै आएको छ ।  

महाशाखाका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडा महाशाखाले प्राथमिक उपचार, खोज तथा उद्धार, कुकुर परिचालन, पर्वतीय खोज तथा उद्धार, डोरीबाट खोज तथा उद्धारका साथै पौडी टोलीलाई आवश्यक तालीम प्रदान गर्दै आएको बताउनुहुन्छ । असार लागेसँगै देशभर नै मनसुन सक्रिय भई भारी वर्षा हुन्छ । मनसुनका कारण वर्षा बढी हुने भएपछि बाढी पहिरोको जोखिम बढ्दै जान्छ । विपद् व्यवस्थापन विज्ञ एवम भूगर्भविद् डा कृष्ण देवकोटा बिना अध्ययन, प्राविधिक तयारी नगरी डोजरको प्रयोग गरेर सडक निर्माण गर्ने प्रवृत्तिका कारण महाभारत श्रृङ्खला र पहाडी क्षेत्रमा पहिरो जाने क्रम बढेको बताउनुहुन्छ । 

प्राकृतिक एवम भौगर्भिक कारणले पनि ठूला–ठूला पहिरो जाने गरेको छ । चुरे तथा तराईका क्षेत्रमा पछिल्लो समय बढेको वन फँडानीका कारण पनि बाढी र पहिरो जाने क्रममा वृद्धि भएको हो । डा देवकोटा महाभारत शृङ्खला र चुरे क्षेत्रमा एकखाले चिरा परेका कारण पहिरो बढी जाने गरेको बताउनुहुन्छ । चिरा नियन्त्रण गर्नका लागि वन संरक्षण र बायो–इञ्जिनीयरिङ गर्नुपर्ने उहाँको भनाइ छ । मध्यपहाडी राजमार्गको अधिकांश खण्डमा पहिरोको जोखिम छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै