By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    13 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    15 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    15 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    18 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    15 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    19 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: यमनी शान्ति प्रक्रियामा सङ्कट, साउदी सम्झौताको सीमा पनि घर्कियो
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > यमनी शान्ति प्रक्रियामा सङ्कट, साउदी सम्झौताको सीमा पनि घर्कियो
काठमाडौँ - KTMसमाज

यमनी शान्ति प्रक्रियामा सङ्कट, साउदी सम्झौताको सीमा पनि घर्कियो

साझासवाल
Last updated: December 9, 2019 11:38 am
साझासवाल
4 Min Read
Share

डाना मौखालाटी, मङ्सिर २३, दुबई (रासस/एएफपी) । अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त यमन सरकार र दक्षिणमा सक्रिय पृथकतावादीहरूबीच सत्ताको बाँडफाँट गर्ने सम्झौता गर्न विफल भएका छन् । यमनमा जारी वर्षौंदेखिको गृहयुद्ध अन्त्य गर्ने एउटा प्रयासमा यसलाई अशुभ सङ्केतका रूपमा लिइएको छ । 

दशौँ हजारको ज्यान लिइसकेको र लाखौँलाई भोकमरिमा पु¥याएको यमनको द्वन्द्व सन् २०१४ मा शुरु भएको थियो । इरान समर्थित हुथी विद्रोहीहरूले यमनी सरकारलाई राजधानी सानाबाट लखेटेपछि यमन द्वन्द्व अझ जटिल मोडमा पुगेको हो । यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई हाल साउदी नेतृत्वको गठबन्धनले सहयोग गरिरहेको छ । 

गत अगस्टमा नयाँ समस्या सिर्जना भयो, किनभने दक्षिणी पृथकतावादीहरूले अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमन सरकारको अस्थायी राजधानी एडेन शहरलाई नियन्त्रणमा लिएका थिए । 

साउदी नेतृत्वको गठबन्धनको एक महत्वपूर्ण हिस्साको रूपमा रहेको यूएईले पृथकतावादी सैनिक लडाकाहरूलाई प्रशिक्षण, आर्थिक तथा राजनीतिक संरक्षण दिइरहेको छ । यूएईको उक्त कदमका कारण खाडी राष्ट्रबीच नै मनमुटावको स्थिति उत्पन्न भएको छ । 

“युद्धको भूमरीमा गृहयुद्ध”लाई अन्त्य गर्न साउदी अरेबियाको पहलमा दक्षिणी सङ्क्रमणकालीन परिषद् (एसटीसी) सँग शक्ति बाँडफाँट गर्ने सम्झौता भएको थियो जसअन्तर्गत दुवै पक्ष नयाँ सरकारमा सहभागी हुनेछन् र राजधानी एडेनमा फर्कनेछन् । 

नोभेम्बर ५ मा हस्ताक्षर गरिएको यस रियाद सम्झौतामा नयाँ सरकारमा २४ सदस्यीय मन्त्रिपरिषद् हुने र यसको गठन ३० दिनभित्र गरिसक्ने प्रावधान राखिएको छ । मन्त्रिपरिषद्मा दुवै पक्षबाट बराबरी सङ्ख्यामा मन्त्रीहरू रहने सहमति भएको थियो । 

गत महिना यमनका प्रधानमन्त्री मइन अब्दुलमलिक एडेन फर्कनु भएको थियो तर नयाँ मन्त्रिपरिषद्को गठन अझै हुन सकेको छैन । रियाद सम्झौतामा पृथकतावादी सैन्य लडाकूहरूलाई केन्द्रीय कमान्ड मातहत ल्याउनेसमेतका केही प्रमुख सुधारका कार्यहरू पनि समेटिएका छन् । 

“रियाद सम्झौताको समयरेखा वास्तवमै महत्वाकाङ्क्षी थियो । समयसीमा घर्किनु कुनै आश्चर्यलाग्दो कुरा होइन,” यमन विज्ञ एवं अक्सफोर्ड विश्वविद्यालयका वरिष्ठ अनुसन्धान फेलो एलिजाबेथ केन्डालले एएफपीलाई बताउनुभयो ।

“सबैभन्दा ठूलो प्रश्न हो ः के प्रतिबद्धताहरूमा मात्र ढिलाइ भइरहेको छ, वा ती अन्ततः प्राप्त गर्न असम्भव थिए ?”

दुवै पक्षको भनाइमा दुवै पक्ष रियाद सम्झौतामा प्रतिबद्ध रहेका छन् तर तोकिएको समयसीमाभित्रै नयाँ सरकार गठन हुन नसकेकामा उनीहरूले एकअर्कामाथि आरोप लगाइरहेका छन् । 

एसटीसीका प्रवक्ता निजार हैथामले बिहीबार यमन सरकार “यो सम्झौताबाट विचलित भइरहेको र दक्षिणमा आफ्नो सेना परिचालन गरिरहेको” बताउनुभएको छ । 

तर हालैमात्र एसटीसीका एक अधिकारीले एएफपीलाई रियाद सम्झौताको कार्यान्वयनको काम चलिरहेको र सैन्य तथा सुरक्षा व्यवस्था कार्यान्वयनमा “महत्वपूर्ण प्रगति” भएको बताउनुभएको थियो । 

“अर्को हप्तादेखि नै, हामी सहमति भएका बुँदाको कार्यान्वयन गर्नेतर्फ लाग्नेछौँ,” उक्त स्रोतले बतायो । 

सरकारका प्रवक्ता राजीह बाडीले पृथकतावादीहरू नै रियाद सम्झौताको पालना गर्न असफल भइरहेको आरोप लगाउनुभयो । 

उहाँले दक्षिणमा सरकारी सैन्यहरू रियाद सम्झौता र साउदी गठबन्धनको समन्वयमा कारबाहीमा खटिएको बताउनुभयो । दुबै पक्ष हुथीविरुद्धको कारबाहीमा अझ सक्रिय हुन लागेको पनि उहाँले जानकारी दिनुभयो । 

यद्यपि दक्षिणी क्षेत्रमा सशस्त्र सङ्घर्षमा धेरै हदसम्म कमी आएको भए पनि परिस्थिति अझै पनि निकै नाजुक छ, केन्डालले भन्नुभयो । उहाँले भन्नुभयो, सम्झौतामा हस्ताक्षर गर्नु र कार्यान्वयनमा लैजानुमा निकै अन्तर छ । 

सम्झौतामा उल्लेख भएबमोजिम दुबै पक्षका सुरक्षा फौजलाई रक्षा र गृह मन्त्रालय मातहत ल्याउने प्रारम्भिक कार्यसमेत यस बीचमा हुन सकेको छैन । 

दक्षिणमा फैलिएको अशान्तिले साउदी नेतृत्वमा रहेको सैन्य गठबन्धनलाई हुथी विद्रोहीविरुद्धको लडाईंमा अलमल्याएको विश्लेषण पनि गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घले विश्वको सबैभन्दा खराब मानवीय सङ्कटको रूपमा वर्णन गरेको अन्तरिम शान्ति सम्झौतामा हस्ताक्षर भएदेखि नै ठोस प्रगतिको अभाव झेल्दै आएको छ । 

एडेन निवासी मोहम्मद बजिरले शहरमा निराशा मात्र बढेको एएफपीसँग गुनासो गर्नुभयो । 

“पटक पटकका यस्ता समयसीमा कैयौँ घर्किसके, यहाँ कुनै परिवर्तन देख्न पाइएन,” उहाँले भन्नुभयो, “हामी केवल परिस्थितिहरू अझ खराब हुँदै गइरहेको मात्र देख्न सक्छौँ ।”

Share This Article
Facebook Email Copy Link Print
Previous Article नेकपा सचिवालय बैठकले गर्यो यस्तो निर्णय
Next Article नेपालकि पुनम श्रेष्ठले जितिन् जुडोमा स्वर्ण पदक
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

September 3, 2015

57 years ago

गिद्ध रेष्टुरेन्ट व्यवस्थापनका लागि पञ्चबर्षीय योजना तयार

57 years ago
अर्घाखाँची - AGKसमाज

सम्राटलाई आरुको रुखमै झम्टेर लगेकाे थियो चितुवाले

57 years ago
समाज

राष्ट्रिय सभामा आफ्नो नाम नपरेपछि दीपशिखाले भने- आन्दोलनका मानिसहरू सत्तामा अटाउँदैनन्

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?