2026-06-17 02:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

२३ जना जुवाडे पक्राउ
भदौ-१८, पर्वत । जुवाको अखडानै बनाई जुवा खेलिरहेको अबस्थामा जिल्ला प्रहरी कार्यालय पर्वतले २३ जना जुवाडेलाई रङ्गे हात पक्राउ गरेको छ ।
जुवाको अखडानै बनाई जुवा खेल्ने गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट गएको १५ जनाको विशेष टोलीले देउपुर ९ पातिचौरमा जितबहादुर हमालको घरमा तास खेलिरहेको अबस्थामा पक्राउ गरिएको जनाएको हो । विहिबार दिउँसो तीन बजेको समयमा छापा मार्दा .२६ हजार ६ सय ८६ रुपैयाँ , एक झोला तास सहित जुवा खेल्ने, खेलाउने र हेर्ने गरी २३ जनालाई पक्राउ गरी जुवा मुद्धामा म्याद थपको लागि जिल्ला अदालत पर्वतमा पठाइएको प्रहरीले जनाएको छ । केहि साता अगाडी सदरमुकाम कुश्मानै जुवा खेलीरहेको अवस्थामा नेपाली काँग्रेस पर्वतका उपाध्यक्ष युवराज जोशी सहित ६ जनालाई प्रहरीले रङ्गे हात पक्राउ गरेको थियो भने अभियुक्तको बारेमा जानकारी गराउनको लागि प्रहरी असमर्थ रहेको थियो ।

जिल्लामा रहेका ठूला नेतालाई जुवाको खालबाट रङ्गे हात पक्राउ गर्दा पनि मिडियालाई जानकारी नदिई जिल्ला प्रहरी कार्यालयले अनुसन्धानको लागि जिल्ला प्रशासन कार्यालयमा बुझाएको बताइएको थियो । अहिले जिल्लामा पक्राउ परेका अभियुक्त खुलेआम हिडेका छन् या उनीहरुलाई कानून बमोजिम कार्वाहीको दायरामा ल्याइएको छ त्यो भने खोजिको विषय बनेको छ किनकी जिल्लाबाट पक्राउ परेका अभियुक्त पक्राउ परेको केहि घण्टामा नै छुटेको बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ