2026-08-29 04:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

सम्राटलाई आरुको रुखमै झम्टेर लगेकाे थियो चितुवाले

जेठ १६, अर्घाखाँची | सन्धिखर्क-४ अमलडाँडामा रहेको मावली घर बसेर पढ्दै गरेका सम्राट नेपाली बिहीबार स्कुलबाट घर आउनासाथ आरू टिप्न बारीतर्फ लागे । आरू टिपेर प्लास्टिक भरे । घर लगेर आरू खाने तयारीका साथ फर्कने सुर गरेका उनी आरुको रुखमै चितुवाको सिकार बने । आरुको रुखबाटै चितुवाले झम्टिएर लगेका नेपालीको शव सोही राति करिब ८ बजे क्षतविक्षत अवस्थामा फेला परेको छ ।

नेपालीले आरूले भरेर राखेको प्लाष्टिक अझै पनि बोटमा झुन्डिएको छ । आरू  प्लास्टिकमा झुन्डिएको  दृश्यले जोकोहीको पनि आँखा रसाउँछन् । गुल्मी रेसुंगा नगरपालिका  घर भएका सम्राट दुई वर्षदेखि आमा र दिदीसँग मावली घर बस्दै आएका थिए । आठ वर्षीय बालक स्थानीय भगवती आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत थिए ।

तीन महिनाअघि बालक नेपालीका बुवाको जीवन नेपालीको भिरबाट लडेर ज्यान गएको थियो । बुवालाई गुमाएको तीन महिनामै आठ वर्षको छोरालाई गुमाउनुपर्दा नेपाली परिवार यतिवेला विक्षिप्त बनेकाे छ । दिउँसै बालक चितुवाको सिकार बनेपछि यस क्षेत्रका बालबालिकामा मनोवैज्ञानिक त्राससमेत बढेको छ । विद्यार्थीहरू विद्यालय जानसमेत डराउन थालेका छन् । 

अर्घाखाँचीमा चितुवाले बालबालिका खाएको यो नौलो घटना भने होइन । विगतका वर्षहरूमा अर्घाखाँची जिल्लाको सन्धिखर्क, किमडाँडा, ढिकुरालगायतका स्थानमा चितुवाको आक्रमणबाट दर्जनौं बालबालिकाको ज्यान गइसकेको छ । चितुवा बुढो भएपछि वनमा सिकार खेल्न नसक्ने भएकाले सजिलो बाटोमा लागेको विज्ञहरू बताउँछन् । चितुवाको आक्रमणबाट बच्नका लागि घर नजिकका झाडी बुट्यान सफा गर्न र साँझ परेपछि बालबालिकालाई एक्लै नछाड्न विज्ञहरूको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो