जेठ ३, काठमाडौं । आज नेपालमा कोरानो भाइरस (कोभिड-१९) का थप ३ जना नयाँ संक्रमित भेटिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रिपोर्टअनुसार कपिलवस्तुका थप ३ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४, ४४ वर्षका पुरुषहरु रहेका छन् ।
आज बिहान मात्रै बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा पनि ६ जना नयाँ संक्रमितको पुष्टि भएको थियो ।
हालसम्म नेपालमा कोरोना संक्रमित भई निको हुनेको शंख्या ३६ रहेको छ भने कोरोनाको कारण हालसम्म कसैको मृत्यु भएको छैन ।
