२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

छोरालाई क्वारेन्टाइनमा नराखेको आरोपलाई वडाध्यक्षले गरे खण्डन

२०७७, ३ जेष्ठ शनिबार ०७:३२

जेठ ३, सप्तरी । सप्तरीको बोदे बरसाईन नगरापलिका वडा नम्बर ६ का वडाध्यक्षले भारतबाट आएका आफ्नो छोरालाई क्वारेन्टाइनमा नराखेको विषयमा वडाध्यक्षले खण्डन गरेका छन् ।

भारतमा पढ्दै गरेको छोरालाई नेपाल ल्याएको र क्वारोन्टाइनमा नराखेको भन्ने विषयमा नेपालका विभिन्न सञ्चार माध्यमले समाचार प्रकासन गरेपछि वडाध्यक्ष जयराम साहले खण्डन गरेका हुन् ।

वडाध्यक्ष साहले विभिन्न सञ्चार माध्यममा वडाध्यक्षले भारतबाट नेपाल आएका छोरालाई घरमा राखेको विषयमा समाचार प्रकासन गरेपछि बोदे बरसाईन नगरपालिकालाई हिजो (शुत्रवार) पत्र लेख्दै समाचारमा लगाइएको आरोपलाई खण्डन गरेका छन् ।\


उनले भनेका छन्, ‘भारतमा इन्जिनियरिङ्ग पढ्दै गरेको छोरालाई वैशाख ३१ गते प्रशासनकै स्विकृतिमा बोडर्रबाट ल्याएको र नगरपालिकाको क्वारेन्टाइनमा राख्न भन्दै जिम्मा लगाएको थिए । तर, बोदे बरसाईन नगरपालिकास्थि क्वारेन्टाइनमा कार्यरत नर्स र सुरक्षाकर्मीले यो क्वारेन्टाइन नेपालीको लागि मात्रै रहेको यहाँ भारतबाट आएकालाई राख्न नमिल्ने भन्दै घर फर्काएपछि छोरालाई घरमै सुरक्षित अलगै होम क्वारेन्टाइनमा राखेको हुँ । एक रात घरको क्वारेन्टाइनमा बसेको छोरालाई भोलीपल्ट जेठ एक गते नगरपालिकाकै क्वारेन्टाइनमा जिम्मा लगाएको र अहिले क्वारेन्टाइनमै बसिरहेको छ । यस विषयमा थप बुझ्न क्वारेन्टाइनमा जान सकिन्छ ।’

वडाध्यक्ष साहले आफूलाई नसोधी र नगरपालिकामा नबुझि केहि सञ्चार माध्यमले बदनाम गर्न खोजेको आरोप लगाएका छन् ।

यो विषयमा नगरपालिकाका मेयर आतिश कुमार सिंहलाई बुझ्न खोज्दा उनले वडाध्यक्ष साहका छोरा एक गतेदेखि नै क्वारेन्टाइनमा रहेको प्रतिक्रिया दिएका छन् । उनले भारतीय सीमाबाट प्रवेश गर्ने सबै नागरिकलाई नगरपालिका भित्रको क्वारेन्टाइनमा राख्ने गरिएको र सबैको स्वाब संकलन गरेर नमूना परीक्षण गर्ने गरिएको पनि बताए ।

नगरप्रमुख सिंहले महामारीको यो विषम परिस्थितमा समुदायमा एक अर्काप्रति हिनता बोध गराउनु भन्दा पनि सबै सचेत नागरिक बन्नु पर्ने भएकाले समाचार सम्प्रेषणमा सत्यतथ्य र सम्बन्धीत निकायलाई सोधेर मात्रै प्रकाशन गर्नपनि आग्रह गरे । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन