2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेयमारबाट बिरामी पेलेलाई स्वास्थ्यलाभको कामना

मङ्सिर २०, काठमाडौँ | ब्राजिलका विख्यात फरवार्ड नेयमार डा सिल्भा सन्टोस जुनियरले यहाँ जारी अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) विश्वकप फुटबल प्रतियोगितामा प्रतिद्वन्द्वी दक्षिणकोरियालाई ४–१ गोलले पराजित गर्दै विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेपछि फुटबलका महान् खेलाडी पेलेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 


ब्राजिलका लागि तीन पटक विश्वकप जितेका पेले श्वासप्रश्वासको सङ्क्रमणबाट मुक्त भएपनि अर्बुद रोगको उपचारका क्रममा हाल अस्पतालमा छन् । सोमबार साँझको खेलसकिएपछि ब्राजिलका खेलाडीले ८२ वर्षीय वृद्ध पेलेको तस्बिरसहितको ब्यानर बोकेर फोटो पत्रकारलाई पोज दिएका थिए । फोटो खिचाउँदै नेयमारले  भने–“पेलेलाई के भइरहेको छ, भन्न कठिन छ, हामी उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ, हामीलाई विश्वास छ हाम्रो यो विजयबाट उहाँलाई सहज महसुस हुनेछ ।”

साथै खेलाडी नेयमारले आफूलाई गोलीगाँठाको समस्या नभएको, आफ्नो उपचारमा संलग्न चिकित्सकहरूप्रति आभार व्यक्त गर्दै अर्को प्रतियोगिताका निम्ति आफू तत्पर रहेको बताए । आफ्ना ब्राजिली तथा अन्य प्रशंसकहरूलाई आश्वस्त पार्दै उनले खेलमा अझ सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । ब्राजिलको जितसँगै उनका प्रशंसक एवम् समर्थकले ब्राजिललाई बधाई दिँदै हर्षोल्लासका साथ अद्भूत उत्सव मनाएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक