By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    6 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    9 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    9 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    9 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    12 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    12 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    13 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सङ्क्रमितलाई हृदयाघात भएमा…
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > सङ्क्रमितलाई हृदयाघात भएमा…
काठमाडौँ - KTMसमाज

सङ्क्रमितलाई हृदयाघात भएमा…

साझासवाल
Last updated: June 5, 2020 9:37 am
साझासवाल
6 Min Read
Share

जेठ २३, काठमाडौँ (रासस) | कोरोना सङ्क्रमितलाई हृदयाघात भएमा उपचारका लागि कहाँ जाने ? बन्दाबन्दीका अवस्थामा कोरोना विशेष अस्पताल, क्वारेन्टिन वा घरमै रहँदा मुटुरोगसम्बन्धी अस्पतालमा लान र उपचार पाउन सहज नहुन सक्छ तर चिन्ता गर्नु पर्दैन ।  बाँसबारीस्थित सरकारी स्वामित्वको शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले यसको तयारी गरिसकेको छ । 

सङ्क्रमितलाई हृदयाघात वा मुटुसम्बन्धी कुनै समस्या भएमा उपचार र सेवाका लागि केन्द्रले नियमित शल्यक्रिया र उपचारलाई असर नपर्ने गरी बेग्लै आइसोलेशन वार्डसमेत तयार गरेको छ । सुखको कुरा, हालसम्मका दुई हजार ५०० सङ्क्रमितमध्ये कसैलाई पनि मुटुरोगसम्बन्धी समस्या देखा परेको छैन ।

कूल दुई सय ५० शय्या रहेको सो विशिष्टीकृत अस्पतालले कोरोना रोकथामका लागि जारी बन्दाबन्दीपछि मूल भवनको द्वार बन्द गराई आकस्मिक कक्षतर्फको भवनको द्वारबाट मात्रै आवागमन गराएको छ ।  सेवाग्राहीले आकस्मिक कक्ष वा परीक्षणमा जानुपूर्व भाइरसको सम्भावित सङ्क्रमणको लक्षण भए÷नभएको पहिचान अनिवार्य गराउने गरेको छ । द्वारबाट भित्र गएपछि ‘होल्डिङ कक्ष’ मा उनीहरुको तापक्रम जाँच तथा खोकी वा घाँटीका समस्या भएका वा सङ्क्रमित धेरै भएका जिल्लाबाट आएका बिरामी भएमा अलग्गै आइशोलेसन वार्डमा राखेर उपचार गरिँदै आएको छ । यहाँ भर्ना गरिएका बिरामीलाई सङ्क्रमण देखिएमा मुटुको उपचारपछि कोरोना विशेष अस्पतालमा पठाइनेछ ।

बन्दाबन्दीका अवस्थामा कोरोना सङ्क्रमितले समेत मुटुसम्बन्धी समस्याबारे आवश्यक परामर्श र सहयोगका लागि केन्द्रको मोबाइल नम्बर ९८५१२३०६८२ मा सम्पर्क गरी विशेषज्ञ चिकित्सकसँग परामर्श गर्न सक्ने व्यवस्था मिलाइएको छ । केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीका अनुसार बन्दाबन्दी  अगाडि दैनिक ५५ जना गरी महिनामा एक हजार ६०० सम्मले आकस्मिक कक्षमा सेवा लिएकामा त्यसयता बिरामीको सङ्ख्या घटेको छ । केन्द्रमा गत चैतमा एक हजार १९, वैशाखमा एक हजार २४५ र यही जेठ २२ गतेसम्म ५१० जनाले आकस्मिक वार्डको सेवा लिएका छन् । बहिरङ्गतर्फ सामान्यतः दैनिक ७०० सम्म बिरामी आउने गरेकामा बन्दाबन्दीको केही समय सो सेवा बन्द रहेको र गत वैशाख १६ यता दैनिक २४ देखि १६६ जनासम्मले सेवा लिएका छन् । बन्दाबन्दीकै अवधिमा कूल ५० जनाको मुटुको शल्यक्रिया गरिएको छ भने ३१ जनाको ओपन हार्ट सर्जरी, २३४ जनाको क्याथ ल्याबबाट कोरोनरी एन्जियोग्राफी, ७१ जनाको एन्जियोप्लाष्टी, ६६ जनाको प्राइमरी एन्जियोप्लाष्टी र ४७ जनालाई पेसमेकर राखिएको छ ।

केन्द्रका कार्डियोलोजी विभाग प्रमुख डा सुजीव राजभण्डारीका अनुसार उक्त अवधिमा यहाँ उपचारमा आएकामध्ये २४० जनाको आरडिटी गर्दा पाँच जनाको पोजेटिभ देखिएकामा कोरोना विशेष अस्पतालमा रिफर गरिएको थियो  भने मुटुको गतिमा समस्या भएर आएका एक जनालाई त्रिवि शिक्षण अस्पताल सिफारिस गरिएपछि कोरोना पोजेटिभ देखिएको थियो । यहाँ मुटुरोगीमध्ये ४२ जनामा पिसिआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएकाले सहजरुपमा सेवा प्रवाह भइरहेको छ । यहाँका कुनै बिरामीलाई कोरोना देखिएमा सबै सेवा बन्द हुने गरेर सिल नगरी त्यस्ता बिरामीलाई बेग्लै आइसोलेशनमा राखेर अन्य बिरामीलाई अर्काे भवनमा नियमित उपचार गर्न सकिने गरी प्रबन्ध गरिएको छ ।

गत पुस ९ गते कार्यकारी निर्देशकमा नियुक्त मुटुरोग विशेषज्ञ डा अधिकारीले आगामी असार १ गतेदेखि बिरामी बढ्न सक्ने भएकाले समूहगत र अस्पतालको खुला स्थानमा परीक्षणका लागि व्यवस्था मिलाइएको जानकारी दिनुभयो । यहाँ कार्यरत चिकित्सक र कर्मचारीलाई आवश्यक व्यक्तिगत सुरक्षा उपकरण उपलब्ध गराइएको छ । हाल यहाँ आकस्मिकका कूल ३४ शय्या छन् ।

नेपाल सरकारले तोकेबमोजिम  केन्द्रमा १५ वर्षमुनि र ७५ वर्षमाथिका मुटुरोगी तथा विपन्न एवं गरीब बिरामीलाई निःशुल्क उपचार गरिन्छ । उमेर खुल्ने कागज र स्थानीय तहको सिफारिसका आधारमा केन्द्रले थप छुट पनि दिन सक्नेछ । यहाँ मुटुको शल्यक्रिया, क्याथ प्रोसिडिएर, पिसमेकर, सिएजी, इपिएस–आरएफए, डायग्नोष्टिक प्रोसिडिएर, बिरामी भर्नापछिको इन्जेक्सन आदि सेवा दिइँदै आएको छ । केन्द्रमा मुटुरोगी शिशुका लागि पनि अलग्गै कक्ष स्थापित छ । यहाँ हाल सय चिकित्सक र ३०० नर्सिङ स्टाफ कार्यरत छन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा सो केन्द्रलगायत विभिन्न विशिष्टीकृत अस्पतालले स्थानीय तहका स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सकको सेवासहित स्याटेलाइट तथा अनुसेवा क्लिनिक सञ्चालन गर्न र विशेषज्ञ स्वास्थ्य सुविधा नपुगेका दुर्गम स्थानका बिरामीका लागि भरपर्दो टेलिमेडिसिन सेवा प्रणाली सञ्चालनमा ल्याउन रकम विनियोजन गरेको छ । आगामी आवका लागि संसद्बाट पारित सरकारको नीति तथा कार्यक्रममा केन्द्रमा बाल मुटुरोगको पहिचान, परीक्षण र उपचार गर्ने संस्थागत व्यवस्था गरिने उल्लेख छ ।

चालू आर्थिक वर्षमा पूर्वाधारतर्फ नेपाल सरकारबाट रु ४६ करोड ५१ लाख बजेट विनियोजन गरिएको छ भने नियमित खर्च केन्द्र आफ्नै आम्दानीबाट हुने गरेको छ । सामान्यावस्थामा केन्द्रको मासिक आम्दानी रु १३/१४ करोड हुने गरेको छ ।

‘शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र ऐन, २०५७’ अनुसार स्थापित सो केन्द्रमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदेन अध्यक्ष र प्रशासकीय प्रमुखका रूपमा दैनिक प्रशासन सञ्चालन गर्नका लागि हृदयरोग विशेषज्ञमध्येबाट नेपाल सरकारले एक कार्यकारी निर्देशक नियुक्त गर्ने व्यवस्था छ । कूल ५२ रोपनी जग्गामा तीन भवनमा रहेको केन्द्रका संस्थापक अध्यक्ष डा अरुण सायमी हुनुहुन्छ ।

हृदयरोगको निदान, उपचार तथा हृदयरोगीको पुनःस्थापनका लागि आवश्यक उच्चस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ रूपमा प्रदान गरी हृदयरोगीलाई मानवोचित जीवनयापन गर्न सक्षम तुल्याउन तथा हृदयरोगसम्बन्धी उच्चस्तरीय अध्ययन र अनुसन्धानका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न एक उच्चस्तरीय केन्द्रका रूपमा सो संस्थाको स्थापना गरिएको हो । यसले मुलुकको स्वास्थ्य सेवा क्षेत्रमा सुधार ल्याउन हृदयरोगसम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न नेपाल सरकारलाई परामर्श दिने काम पनि गर्दै आएको छ । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article सरकारसंग राजदुतहरुको माग: ‘स्वदेश फर्काउने मिति, कोरोना परिक्षण, उडान खर्चबारे जानकारी दिनुस्’
Next Article युएईबाट १६८ नेपाली लिएर एयर अरेवियाको जहाज काठमाडौँका लागि उड्यो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMखेलकुदमुख्य समाचार

जय ट्रफी : सोमपाल कामीले बनाए पहिलो अर्धशतक

2 years ago
अर्थ/विकासकाठमाडौँ - KTMमुख्य समाचारसमाज

घट्यो सिमेन्टको मूल्य

1 year ago
काठमाडौँ - KTMराजनीति

आचारसंहिता नमान्ने पूर्वप्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्म

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

प्रचण्डको घोषणा कार्यानवयन: बिदेसमा मृत्यु भएका परिवारले ७ लाख क्षेतीपूर्ति पाउने

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?