2026-10-17 05:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारसंग राजदुतहरुको माग: ‘स्वदेश फर्काउने मिति, कोरोना परिक्षण, उडान खर्चबारे जानकारी दिनुस्’

मनोज पराजुली । जेठ २३, काठमाडौं । विदेशमा समस्यामा परेका नेपालीहरुलाई कहिलेबाट कति संख्यामा स्वदेश फर्काउने हो सोबारे कम्तिमा ७ दिन पहिले नै पुर्व जानकारी दिन विदेशस्थित नेपाली राजदुतहरुले माग गरेका छन् । श्रम रोजगार पत्रकार समुहले शुक्रबार गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रम बोल्दै मलेसिया, कतार र साउदीका राजदुतहरुले कहिलेबाट कति जनालाई नेपाल फर्काउने हो सो को निर्णय गरि पुर्व जानकारी दिन नेपाल सरकारसंग माग गरेका छन् ।

सरकारले आजबाट विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन शुरु गरेको छ । तर मलेसिया सहित खाडीका देशमा रहेका नेपालीलाई कहिलेसम्म फर्काउने हो ? सोको उडान मिति, उडान खर्च कति लाग्ने, कोरोना परिक्षण कहाँ र कुन परिक्षण गर्नेबारे तत्काल जानकारी उपलब्ध गराउन माग गरेका हुन् । 

सरकारले कामदारको स्वास्थ्य परीक्षण गराएर स्वदेश लैजाने भने पनि विदेशमा परीक्षण गराउन निकै गाह्रो रहेको साउदीका लागि नेपाली राजदुत डा. महेन्द्रप्रसाद सिंह राजपुतले बताए । पिसिआर परीक्षण गर्न निकै महँगो छ, कहाँ परीक्षण गराउने, कसले गराउने सरकारले स्पष्ट निर्देशन दिनुपर्यो, उनले भने ‘हामीपनि साउदी सरकारसँग छलफलमा छौँ।’

सरकारको तर्फबाट चार्टर उडानको कुरा आइरहेको छ समयमै जानकारी आउनुपर्यो मलेसियाका लागिनेपाली राजदुत उदयराज पाण्डेले भने ‘नियमित उडान भए अत्यन्तै सहज हुने थियो, हामीले पहल गरिरहेका छौँ ।’ ‘कयौँ कामदारसँग अहिले नै टिकट छ’, उनले भने  ‘समय थप गरेका कारण अतिरिक्त रकम लाग्ने विषयलाई हामी सम्बन्धित कम्पनीलाई भन्छौँ, प्रायःले हाम्रो अनुरोध स्वीकार्छन, बाँकीलाई सरकारी खर्च हाल्न सकिन्छ ।’ कतिपए विमान कम्पनीले टिकट फिर्ता नगर्ने तर समय थप गरिदिने व्यवस्था मिलाएको पाइएको उनले बताए । चार्टर प्लाइटको टिकट रु ५०/६० हजार लाग्ने अनुमान गरिएको छ । त्यो टिकट खर्च कम्पनीले तिर्न नमानेमा कामदार स्वयम् आफैँले तिर्नुपर्ने अवस्था आउन सक्नेछ’  उनले भने ।

‘अन्य उडान हुन सक्ने सम्भावना छ, हामी हेरिरहेका छौँ, त्यस्तो भयो भने निःशुल्क हुन सक्छ, यो पनि हामीले नेपाल सरकारसँग कुरा गरिरहेका छौँ । नेपाल सरकारले कुन मोडालिटीमा जहाज पठाउने हो हामी कुरिरहेका छौँ’ उनले भने 

कतारमा कोरोना परीक्षण सरकारी अस्पतालले मात्रै गर्दै आएको छ, छ/सात वटा प्रयोगशाला खोलिएको छ कतारका लागे नेपाली राजदुत डा नारदनाथ भारद्वाजले भने ‘सबैलाई परीक्षणको दायरामा लैजान पहुँच छैन । नेपाल फर्कन चाहने सबैलाई पिसिआर तथा आरडिटी परीक्षण गर्न सक्ने अवस्था छैन भनेर कतार सरकारले जवाफ दिएको छ ।’ नेपाल सरकारले नै त्यहाँको सरकारलाई नेपाल फर्कनेको स्वास्थ्य परीक्षण गर्न अनुरोध गर्न कतारको परराष्ट्र मन्त्रालयसँग आग्रह गरेको भएपनि त्यो सम्भव नदेखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु