2026-06-16 12:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशैभरि गुर्जोको बिरुवा निःशुल्क वितरण

२०७७ श्रावण ७, बुधवार

साउन ७, काडमाडौँ । आन्तरिक राजश्व कार्यालय लहान–सिराहाका प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले देशैभरि ‘गुर्जो’ को बिरुवा निःशुल्क वितरण गर्दै आउनुभएको छ । गुर्जो/गुरगुज/गिलोय/गुडुची/अमृता नियमित सेवन गर्दा निरोगी हुने बताउँदै आफूले अहिलेसम्म देश तथा विदेशमा गरेर २२ हजारभन्दा बढी गुर्जोको बिरुवा÷बेर्ना निःशुल्क वितरण गरेको जानकारी दिनुभयो । अधिकृत राजलवटले मङ्गलबार यहाँ पत्रकार सम्मेलन गरी आगामी दिनमा गुर्जोलाई आफूले ७७ वटै जिल्लामा निःशुल्क वितरण गर्ने बताउनुभयो । गुर्जोको फाइदा धेरै भएकाले नेपालमा प्रत्येक घरघरमा त्यसको बिरुवा राख्नुपर्ने उहाँको भनाइ छ । 

गुर्जोको वैज्ञानिक नाम टिनोस्पोरा कोर्डिफोलिया रहेको बताउँदै त्यसका मुख्य तीन गुणहरु रोग प्रतिरोधात्मक क्षमता बढाउने, शारीरिक शक्ति बढाउने र शरीरका विकारहरु बाहिर निकाली स्वस्थ बनाउने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गुर्जोको यही विशेषताले गर्दा अहिलेको विश्वव्यापी महामारीको रूपमा देखापरेको कोरोना भाइरस, जस्तोसुकै रुघाखोकी, पुरानोभन्दा पुरानो ज्वरो पनि निको पार्दछ ।”

गुर्जोको गुणहरु त्रिदोष नाशक (वात, पित्त, कफ), एन्टी–ब्याक्टेरियल, एन्टी–भाइरल, एन्टी–एलर्जिक, एन्टी–अक्सिडेन्टल, एन्टी–इन्फ्लामेटरी कुलिङ, एन्टी–ट्युमर र एन्टी–एसिडलगायतका धेरै रहेका उहाँले बताउनुभयो । उहाँका अनुसार गुर्जोको फाइदा तथा उपयोगितामा ग्याष्ट्रिक, रक्तचाप, मधुमेह, युरिक एसिड, कलेजो, मुटु, मिर्गौला, डिप्रेसन, एन्जाइटी, नशासम्बन्धी समस्या तथा मानसिक समस्याका लागि पनि उपयोगी हुनेछ । त्यसैगरी पाचनतन्त्र बलियो बनाउने, रगतमा प्लेटलेट्स बढाउने, जोर्नी दुःखाई कम गर्ने, सुनिन्ने, बाथ रोगमा पनि यो फलदायी हुनेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई करोडौंको क्षति, विभागले माग्यो उडान विवरण माग कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन