Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ बैसाख ३१ गते, बिहान ११:०३ बजे पर्बत - PBT, समाज

पर्बतमा चट्याङ लागेर आठ घरमा क्षति, एक बालक घाइते

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख ३१, फलेवास | गएराति वर्षासँगै परेको चट्याङ लागेर पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा आठ वटा घरमा क्षति पुगेको छ । चट्याङकै कारण स्थानीय छ महिने बालक घाइते भएका छन् ।

राति परेको चट्याङले साविकको बाच्छा गाविस–२ उकाला भन्ने ठाउँका घरमा क्षति पुगेको हो । चट्याङको छिर्काले लागेर स्थानीय चोला नेपालीका छ महिने छोरा चित्रबहादुर नेपाली घाइते भएको प्रहरीले जनाएको छ । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । चट्याङ लागेर स्थानीय डम्बर विकको गोठ भत्किएको छ भने गोठमा रहेको एउटा भैँसी मरेको छ ।

त्यस्तै तेजबहादुर नेपाली, कुमारी नेपाली, ईश्वरी नेपाली, तुलबहादुर विक, सुनबहादुर विक, पूर्णबहादुर दर्जी, तुलबहादुर क्षेत्री र डम्बर विकको घरमा चट्याङ लागेर क्षति भएको स्थानीय उत्तम परियारले जानकारी दिनुभयो ।

बाच्छा प्रहरी चौकीका प्रमुख वैजनाथ हरिजनले वर्षासँगै बिहान ३:३० बजेतिर चट्याङ परेको जानकारी दिनुभयो । चट्याङ लागेका घरमध्ये अधिकांश चर्किएर बस्न नमिल्ने भएका छन् । दलित समुदायको बस्तीमा परेको प्राकृतिक विपत्तिले स्थानीय समस्यामा परेको उहाँले बताउनुभयो । घटनालगत्तै पुगेको प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको छ ।

पर्वतलगायत आसपासका क्षेत्रमा गएरातिदेखिनै वर्षा भइरहेको छ ।