By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    2 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    20 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    22 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    23 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    22 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: देशबाहिर रहेका नेपालीलाई दलगत रुपमा विभाजित नहुन परराष्ट्रमन्त्रीको आग्रह
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > देशबाहिर रहेका नेपालीलाई दलगत रुपमा विभाजित नहुन परराष्ट्रमन्त्रीको आग्रह
काठमाडौँ - KTMसमाज

देशबाहिर रहेका नेपालीलाई दलगत रुपमा विभाजित नहुन परराष्ट्रमन्त्रीको आग्रह

साझासवाल
Last updated: September 5, 2020 8:11 am
साझासवाल
4 Min Read
Share

भदौ २०, अमेरिका (टेक्सस) (रासस) : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देशबाहिर रहने नेपालीलाई नेपालको दलगत राजनीतिक विषयमा रहेर विभाजित नहुन आग्रह गर्नुभएको छ । उहाँले देशबाहिर रहनुहुने नेपालीले नेपालीपन मात्र लिएर एकताबद्ध भई अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

अनलाइन माध्यमबाट आजदेखि शुरु भएको गैरआवासीय नेपाली सङ्घ, अमेरिकाज क्षेत्र स्तरको क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय विज्ञ भेलाको उद्घाटन गर्नुहँदै मन्त्री ज्ञवालीले काँग्रेस, कम्युनिष्ट, गुट–उपगुटको नाममा विदेशमा झगडा नगर्न गैरआवासीय नेपालीसमक्ष आग्रह गर्नुभयो । “काँग्रेस/कम्युनिष्टका नाममा वादविवाद गर्न, आफ्ना वैचारिक मतभिन्नता राख्न त नेपालमै पार्टी र हामी नेताहरु छौँ”, मन्त्री ज्ञवालीले भन्नुभयो, “तपाईँहरुले (गैरआवासीय नेपाली) फेरि किन त्यहाँ गएर त्यस्तो गर्नुप¥यो, नेपालको राजनीतिक विषयमा किन बढ्दा तरङ्गित हुनुप¥यो । तपाईंहरु विदेशमा नेपालीपनमात्र लिएर अघि बढ्नुहोस् ।”

उहाँले नेपालको विकास र समृद्धिका लागि गैरआवासीय नेपालीको लगानीमात्र होइन गैरआवासीय नेपालीले विदेशमा सिकेको सीप, ज्ञान र अनुभव उपयोग गर्न सरकार सधैँ तयार रहेको बताउनुभयो । फरक प्रसङ्गमा मन्त्री ज्ञवालीले वर्तमान सरकार देशको विकास र समृद्धिका लागि प्राप्त जनादेशअनुसार नै अगाडि बढिरहेको उल्लेख गर्नुहुँदै उपलब्धिसमेत हासिल भइरहेको आर्थिक सूचकहरुबाट देखिएको जनाउनुभयो ।

नेकपाका स्थायी समिति सदस्यसमेत रहनुभएका मन्त्री ज्ञवालीले जनताको बलिदानबाट प्राप्त लोकतन्त्र सुदृढ हुने दिशामा अगाडि बढिरहेको अवस्थामा केही विषयहरु ‘अप्स एन्ड डाउन’ भयो भनेर आत्तिहाल्न नहुनेमा जोड दिनुभयो । “व्यवस्थामात्रै लोकतान्त्रिक भएर नहुँदोरहेछ, यसको प्रभावकारिताका लागि यससँग सम्बन्धित दल, नेता, जनता सबै लोकतन्त्रवादी हुनुपर्ने रहेछ”, मन्त्री ज्ञवालीले भन्नुभयो, “यो क्रम भइरहेको छ । यसले समय लिन्छ, अहिले नै आत्तिहाल्नुपर्ने अवस्था छैन ।”

पछिल्लो समय कोरोनाको महामारीबाट विश्वसँगै नेपालमा पनि त्यसबाट असर पुगेको बताउँदै मन्त्री ज्ञवालीले अप्रत्याशित विपत्तिबाट देशमा या विदेशमा रहेका नेपाली जनतालाई जोगाउनका लागि सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो । अर्को प्रसङ्गमा मन्त्री ज्ञवालीले गैरआवासीय नेपालीलाई नागरिकताको व्यवस्था गर्न संविधानले नै सुनिश्चित गरिसकेको र त्यसका लागि आवश्यक विधेयक तथा कानून निर्माणको प्रक्रिया अबका दिनमा अघि बढ्ने जानकारी गराउनुभयो ।

नेपाली काँग्रेसका प्रमुख सचेतक पूर्वमन्त्री बालकृष्ण खाँणले नेपालको लोकतन्त्रको सुदृढीकरणका लागि देशबाहिर रहने नेपालीको पनि उत्तिकै भूमिका रहेको बताउनुभयो । उहाँले एक पटकको नेपाली सधैँको नेपाली भन्ने पक्षमा काँग्रेस रहेको उल्लेख गर्नुहँुदै अब कुनै पनि योजना तर्जुमा गर्दा केवल देश भित्रका नेपालीलाई मात्र हेरेर नभई समग्र नेपालीलाई हेर्नुपर्नेमा जोड दिनुभयो । देशबाहिर रहेका नेपाली एक प्रकारले देशका निम्ति सद्भावनादूत जस्तै रहेको बताउनुहँुदै पूर्वमन्त्री खाँणले नेपालको विकास र समृद्धिका लागि एनआरएनको भूमिका र योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

यस्तै, नेकपाका स्थायी समिति सदस्य पूर्वमन्त्री जनार्दन शर्माले गैरआवासीय नेपालीको समस्या समाधानमा आफूहरु गम्भीर रहेको बताउनुभयो । उहाँले संसद्को राज्य व्यवस्था समितिबाट पारित विधेयकले समेत धेरै कुराहरुको सुनिश्चितता गरेको बताउँनुहुँदै संसद्को पूर्ण बैठकमा समेत त्यसमा थप छलफल गरी समेट्नुपर्ने विषयलाई कानूनमा समेत समेटेर जान सकिनेमा जोड दिनुभयो ।

एनआरएनए अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीको अध्यक्षता, आइसिसी सदस्य प्रमोद सिटौला र डोल्मा शेर्पाको सहजीकरणमा भएको उद्घाटन कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुनकुमार कार्की, क्यानडाका लागि नेपाली राजदूत भृगु ढुङ्गाना, एनआरएनए आइसिसीका अध्यक्षकुमार पन्त, महिला नेत्री अञ्जनी श्रेष्ठ, एनआरएनए अमेरिका क्षेत्रका उपसंयोजक रामसी पोखरेल, एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साह, एनआरएनए क्यानडाका अध्यक्ष चिरञ्जीवी घिमिरे, आइसिसी सदस्य तथा कार्यक्रम संयोजक गोपीकृष्ण काफ्ले, विज्ञ भेलाका संयोजक डा लक्ष्मी पाठक लगायतले नेपालको आर्थिक विकासका लागि गैरआवासीय नेपालीले सकारात्मक ढङ्गबाट सहयोगीको भूमिका निभाउनुपर्नेमा जोड दिनुभएको थियो ।

तीन दिनसम्म चल्ने सम्मेलनका क्रममा विभिन्न विषयमाथि अन्तरक्रियात्मक कार्यशालाहरु सञ्चालन हुनेछन् । सम्मेलनबाट टोरोन्टो घोषणापत्र जारी गर्दै सो घोषणापत्र एनआरएनए आइसिसीमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिने आयोजकले जनाएका छन् । एनआरएनए आइसिसीले विभिन्न क्षेत्रमा क्षेत्रीय बैठक तथा क्षेत्रीय विज्ञ सम्मेलनको आयोजना गरेपश्चात् अक्टुबरमा अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनको आयोजना गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article चितवनमा निषेधाज्ञा खुकुलो बनाउँदै समय थप गरियो
Next Article कोभिड विरुद्धको खोप अर्काे वर्षको मध्यपछि मात्र बजारमा आउछ– विश्व स्वास्थ्य संगठन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

दाङ्ग - DNGसमाज

दाङको राजपुरमा पनि सिकलसेल एनिमियाँ जाँच हुने

57 years ago
समाज

प्रसिद्ध धार्मिकस्थल गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिँदै

57 years ago
कन्चनपुर - KNCसमाज

राष्ट्रिय मानव अधिकार आयोगको टोली कञ्चनपुरमा

57 years ago
बाग्लुङ्ग - BGLसमाज

देविस्थानको लेबाङमा होरेमेला सुरु

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?