२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्व एमाले एमालेमै फर्किए, पूर्व माओवादी पनि एमालेमै रहने

२०७७, २५ फाल्गुन मंगलवार ०२:४४

फागुन २५, काठमाडौं । ३५ वर्ष लामो राजनीतिक सम्पर्क, सहकार्यलाई एकै पार्टीमा रहेर विकसित बनाउन लागेका पुष्पकल दाहाल र माधव नेपालबीचको सम्बन्धमा अदालतले ‘ब्रेकअप’ लगाएको हो।

मन एकातिर हुँदाहुँदै भौतिक रूपमा भने दाहाल–नेपाल अलग–अलग पार्टीमा रहनुपर्ने देखिएको छ। एमालेको नेतृत्व भने प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्।

नेपाल पक्ष एमालेमै फर्किए पनि ओलीतिर लागेका माओवादी धारका नेताले मूलघरमा नफर्किने संकेत गरेका छन्। प्रधानमन्त्री ओलीले अदालतको आदेशलगत्तै आइतबार आफ्नो पक्षमा लागेका माओवादी धारका नेतालाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए। त्यस क्रममा ओलीले सोधेका थिए, ‘तपाईंहरूलाई सहजता के गर्दा हुन्छ ?’

गृहमन्त्री रामबहादुर थापा, सहरी विकासमन्त्री प्रभु शाह, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, खेलकुदमन्त्री दावा तामाङलगायत नेतासँग ओलीले छलफल गरेका हुन्। तर, यी मन्त्रीले राजनीतिक रूपमा ओलीतिर लागेकाले पद गए पनि माओवादी केन्द्रमा नफर्किने बताएको स्रोतले जनाएको छ।

खानेपानीमन्त्री थापाले आफूहरू ओलीको विचारसँग सहमत भएर आएकाले अदालतले पूर्वपार्टी ब्युँताउने निर्णय गरे पनि ओलीसँगै एमालेमै रहने बताए। ‘हामी ओलीसँगै अब एमालेमै रहन्छौं,’ थापाले भने, ‘हाम्रा लागि पद ठूलो कुरा भएन। ओलीसँगै रहेर जाने हाम्रो सोच छ।’

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ