२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व कप फुटबलः नेपाली सुरक्षा गार्ड पठाउने तयारी

२०७७, २५ फाल्गुन मंगलवार ०२:३९

फागुन २५, काठमाडौं ।  सन् २०२२ मा कतारमा हुन गएको विश्व कप फुटबल प्रतियोगिताका लागि आवश्यक पर्ने सुरक्षा गार्ड नेपालबाटै पठाउने विषयमा पहल भइरहेको बताइएको  छ ।

श्रम, रोजगार  तथा  सामाजिक  सुरक्षामन्त्री गौरीशङ्कर  चौधरीले  आइतबार  एक  कार्यक्रममा  सुरक्षा गार्डमा  जीटुजी  सम्झौता  गरेर  नेपाली  श्रमिक  कतार पठाउने  विषयमा  नेपालका  लागि  कतारका  राजदूतसँग एक÷दुुई चरण छलफल भएको जानकारी दिए ।

उनले  भने, 'यस  यसअघि  कतारसँग  गरेको सम्झौता  संशोधन  गर्नुुपर्छ । अब  गरिने  नयाँ  सम्झौता जीटुुजीबाटै  श्रमिक  पठाउनुुपर्छ  भन्नेमा  हाम्रो  जोड  रहेको छ  र  यस  विषयमा  कतारका  राजदूत  पनि  सकारात्मक छन् ।' 

कतार श्रमिक पठाउने पुरानो श्रम समझदारीलाई नै संशोधन गरेर सरकारी तवरबाटै श्रमिक पठाउने गरी अब छिट्टै  विज्ञसहितको  टोलीसँग  छलफल  गर्ने  तयारी  भएको पनि मन्त्री चौधरीले जानकारी दिए ।

कतारको सुरक्षा गार्डमा पठाउने भन्दै केही समयअगाडि  वैदेशिक रोजगार  व्यवसायी  (म्यानपावर) कम्पनीले   अवैध   अन्तर्वार्ता   लिएका   थिए  र   ती म्यानपावरलाई  वैदेशिक  रोजगार  विभागले  कानुनअनुसार कारबाही पनि गरिसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ