चैत २२, काठमाडौँ । नेपालमा थप १७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालमा ३४५६ जनामा पिसिआर परिक्षण गर्दा १७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

योसंगै नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या दुई लाख ७७ हजार ९४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा भक्तपुरमा ४, ललितपुरमा ८ र काठमाडौँमा ८७ गरी उपत्यकामा मात्रै ९९ सय जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

मन्त्रालयका अनुसार २४ घन्टामा ११७ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार २४० पुगेको छ । यसैगरी आजसम्म कोरोना संक्रमित ४७ जना आइसियूमा र ११ जना भेन्टिलेटरमा उपाचररत छन्।

कोरोना भाइरसको संक्रमणबाट नेपालमा आल सम्म ३ हजार ३२ जनाको मृत्यु भएको छ ।