वैशाख २१, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार एकै दिन कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । यो हालसम्मकै सबैभन्दा बढी हो । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एकै दिन ३ हजार ८९३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका २ हजार ७७९, ललितपुरका ५१३ र भक्तपुरका ६०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ७७५ रहेको छ ।

एकैदिन थपिए ७ हजार ६६० जना कोरोना संक्रमित, थप ५५ जनाको मृत्यु