२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज कहाँ कहाँ छ बाढीको सम्भावना ? हेर्नुहोस्

२०७८, २ असार बुधबार ०६:२१

असार २, काठमाडौँ । राप्ती, तिनाउ, बबई, कालिगण्डकी, भेरी र भेरीका सहायक नदी जलाधार क्षेत्रमा आज बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । साथै कोशी र कोशीका सहायक नदीमा पानीको बहाव सामान्य रहने अनुमान छ ।

नारायणी, कर्णाली, महाकाली जलाधारका केही सहायक नदीमा आकस्मिक बहाव भइ सतर्कता तह आसपास पुग्न सक्ने देखिएको छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्तीमा पनि पानीको बहाव बढ्ने तर सतर्कता तह भन्दा तलै रहने महाशाखाले जनाएको छ ।

वाग्मती प्रदेशको काठमाण्डौसहित रसुवा, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, गण्डकीको गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, म्याग्दी, तनहुँ, स्याङजा, नवलपुर, लुम्बिनीको परासी, पाल्पा, कपिलबस्तु, अर्घाखाँची, गुल्मी, प्यूठान, दाङ, बाँके, बर्दिया र रुकुम, कर्णालीको सुर्खेत, सल्यान, दैलेख, जाजरकोट तथा सुदूरपश्चिमको कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र आसपास भइ बहने नदी जलाधारमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

बिहानको मापन अनुसार नारायणी र नारायणीका सहायक नदीमा बहाव सर्तकता तह आसपास रहेको पनि बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो सिन्धुपाल्चोकको जलबिरेमा बलेफी खोला जलमापन केन्द्रमा आकस्मिक जलसतह बढेर खतरा तह पार गरेकोमा अहिले घट्दो क्रममा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी