२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरिया जाने श्रमिकको कोभिड बीमाका लागि आह्वान

२०७८, २५ असार शुक्रबार ०२:१५

असार २५, काठमाडौं । वैदेशिक  रोजगार  विभाग मातहतमा  रहेको  रोजगार  अनुमति  प्रणाली  (ईपीएस) कोरिया  शाखाले  पाँच  हजार  डलरको  कोभिड–१९  को बीमा गर्न इच्छुक बीमा कम्पनीलाई दर्ता हुन आग्रह गरेको छ ।

शाखाले सूचना सार्वजनिक गर्दै दक्षिण कोरिया जाने श्रमिकका लागि सो रकम बराबरको कोभिड–१९ को बीमा गर्ने कम्पनीलाई आह्वान गरेको हो ।

ईपीएस  सञ्चालन  तथा  व्यवस्थापन  निर्देशिका २०७३  को  दफा  २०  बमोजिम  दक्षिण  कोरिया जाने श्रमिकको कोरिया पुगेको मितिबाट १४ दिनसम्मका लागि सो रकमको बीमा गराउनुपर्ने तोकिएको छ ।

साथै शाखा कार्यालयले उक्त तोकेबमोजिमको बीमा प्रिमियमबापतको रकम कुनै सेवा शुल्क नलिई र नकटाई सेवा  प्रदान  गर्न  इच्छुक  बीमा  कम्पनीहरूले  साउन  ७ भित्र  कोरिया  शाखामा  सूचीकृत  संस्था  दर्ताका  लागि आधिकारिक  कागजातको  प्रतिलिपिसहित  निवेदन  दिन आग्रह गरेको छ ।

ईपीएस  कोरिया  शाखाका  निर्देशक  इन्द्र  गौतमले कोरिया  सरकारले  गत  वर्षबाट  श्रमिकको  अनिवार्य कोभिड–१९ को बीमा गर्नुपर्ने व्यवस्था गरेकाले नेपालले आन्तरिक  रूपमा  सो  रकम  बराबरको  बीमा  गर्ने कम्पनीलाई सूचीकृत हुन सूचना जारी गरिएको जानकारी दिए ।  त्यस्तै  बीमा  कम्पनीलाई  पाँच  हजार  डलरको प्रिमियम तोकेको अवस्थामा लाग्ने बीमा शुल्क श्रमिकले नै तिर्नुपर्ने उनले बताए । 

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ