पुस ५, काठमाडौं | मोडल बन्ने सपना बोकेर गत २३ मंसिरमा एक युवती पुतलीसडकस्थित तिरुपति होटल पुगिन्। अन्तर्वार्ताका लागि भनेर उनलाई होटलमा बोलाइएको थियो ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ५, काठमाडौं | मोडल बन्ने सपना बोकेर गत २३ मंसिरमा एक युवती पुतलीसडकस्थित तिरुपति होटल पुगिन्। अन्तर्वार्ताका लागि भनेर उनलाई होटलमा बोलाइएको थियो ।

2026-07-09 11:53 AM
काठमाडौँ - KTM

नायिका बनाइदिन्छु भन्दै शृंखलावद्ध बलात्कार, अनुसन्धान पछी प्रहरी चकित

पुस ५, काठमाडौं | मोडल बन्ने सपना बोकेर गत २३ मंसिरमा एक युवती पुतलीसडकस्थित तिरुपति होटल पुगिन्। अन्तर्वार्ताका लागि भनेर उनलाई होटलमा बोलाइएको थियो ।

आफूलाई मोडल एजेन्सीको सञ्चालक बताउने एक युवक उनलाई कुरिरहेका थिए । अन्तर्वार्ताको लागि भन्दै उनले युवतीलाई होटलको कोठामा बोलाए ।

सामान्य कुराकानी गरेपछि युवतीलाई उनले आफूसँग सम्बन्ध राखे मोडल बनाउने बताए । तर युवतीले मानिनन् । त्यसपछि युवतीलाई जबर्जस्ती सम्बन्ध राख्ने प्रयास गरे । युवती चिच्याइन् । उनी भाग्ने प्रयास गरे । होटेलका कर्मचारी तथा सेक्यूरिटी मिलेर उनलाई भाग्दाभाग्दै समाएर प्रहरीलाई बुझाए । 

अभय खड्का नाम गरेका ती व्यक्तिमाथि अनुसन्धान गर्दा प्रहरी चकित भयो । तिरुपतिमा उनले बलात्कारको प्रयासमात्र गरेका थिए, त्यसभन्दा पहिला धेरै पटक उनले युवतीहरुलाई मोडल र नायिका बनाउने भन्दै ठगी गरेको खुलेको छ ।

सबै घटनामा उनको एउटै तरिका देखिन्छ । मोडल तथा नायिका चाहिएको भन्दै विज्ञापन गर्ने । अन्तरवार्ताका लागि भनेर होटलमा बोलाउने । अन्तरवार्ताको बहानमा होटलमा शारीरिक सम्बन्धको प्रस्ताव राख्ने । अस्वीकार गरे बलात्कार गरेर युवतीलाई होटलमै थुनेर भाग्ने । यस्ता धेरैवटा घटनामा उनी संलग्न रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका खड्काले आफ्नो घर काभ्रेको श्यामपाटी भएको बताएका छन्। तर श्यामपाटीमा गएर प्रहरीले बुझ्दा सो नाम गरेको व्यक्ति नै नभएको खुलेको छ । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू