जेठ १५, काठमाडौं | बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थद नबनाउन सर्वाेच्च अदालतले दिएको आदेशविरुद्ध आइतबार पनि काठमाडौँमा विरोध प्रदर्शन भएको छ ।

गत बिहीबार सर्वाेच्च अदालतले वातावरणीय कारण देखाएर निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णयलाई बदर गरिदिएको थियो ।

सर्वाेच्चले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेपछि काठमाडौं र बारामा दैनिकजसो विरोध प्रदर्शन भइरहेको छ ।

आइतबार माइतीघर मण्डलमा सर्वोच्चको आदेशविरुद्ध प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीले ‘के विकास र समृद्धि अधिकार होइन ?, कार्यपालिकाको कामप्रति हस्तक्षेप बन्द गर, ‘वातरणको नाममा विकास रोक्न पाइदैन’ प्लेकार्ड बोकेका थिए ।