भदौ २४, काठमाडौँ | जल तथा मौसम विज्ञान विभागले आज (शुक्रबार) बिहान १० बजे जनाएअनुसार पछिल्लो ३ घण्टामा बाराको अमलेखगन्ज रआसपास तथा बारा, पर्सा, मकवानपुरको सीमा आसपास केही स्थानमा भारी वर्षा भएको छ।
थप वर्षा हुन सक्ने भएकाले पसाहा, दुधौराखोलालगायत सो क्षेत्र भई बहने साना खोलामा आकस्मिक बाढी आउने सम्भावना छ। तसर्थ नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाउन विभागले सुझाव दिएको छ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!