By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    8 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    11 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    12 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    12 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    15 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    15 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    15 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प, दशैंको मुखमा उडान प्रभावित हुन सक्ने
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प, दशैंको मुखमा उडान प्रभावित हुन सक्ने
काठमाडौँ - KTMसमाज

अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प, दशैंको मुखमा उडान प्रभावित हुन सक्ने

साझासवाल
Last updated: September 11, 2022 6:45 am
साझासवाल
6 Min Read
Share

भदौ २६, काठमाडौँ | इन्धन ढुवानी व्यवसायीले भाडा वृद्धिसहित तीन बुँदे माग गर्दै ढुवानी बन्द गरेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित तराईका तीन व्यस्त विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प भएको छ ।

इन्डियन आयल कर्पोरेसन (आइओसी) ले रक्सौलबाट उपलब्ध गराउँदै आएको हवाई इन्धन प्राविधिक कारणले उपलब्ध गराउन नसक्ने जनाउँदै डिपो स्थानान्तरण गरेपछि नेपालतर्फको इन्धन आयातमा समस्या सृजना भएको छ । आइओसीले नेपालका लागि हवाई इन्धन रक्सौल, लखनउ र बरैनी डिपोबाट दिदै आएको थियो ।

रक्सौले डिपोमा केही प्राविधिक काम गर्नुपर्ने भएकाले भैरहवाका लागि सहज होस् भनी लखनउ डिपोबाट इन्धन उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएपछि ढुवानी व्यवसायीहरूले ढुवानी बन्द गरेको नेपाल आयल निगम प्रादेशिक कार्यालय भलवारीले जानकारी दिएको छ ।

‘नेपाल आयल निगमले ढुवानी भाडा समायोजन नभएको, नयाँ रुटको परमिट नदिएको र समयसापेक्ष ढुवानी भाडामा वृद्धि हुनुपर्ने भन्दै आइओसीबाट नेपालमा पेट्रोलियम पदार्थ नउठाउने गरी आन्दोलनको कार्यक्रम हुँदै आएको छ, यसमा हाम्रो पनि समर्थन रहेको छ,’ पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघका महासचिव भुपराज अर्यालले भने ।

लखनउबाट लुम्बिनी प्रादेशिक डिपोमा ल्याउने तयारी भए पनि रुट र भाडा सम्झौता हुन सकेको छैन । भाडा र रुटको व्यवस्था नहुँदासम्म भारतबाट पेट्रोलियम पदार्थ ढुवानी नगर्ने महासंघको परिपत्रअनुसार शुक्रबारदेखि ढुवानीका लागि आवश्यक पर्ने प्रारम्भिक खरिद आदेश अर्थात् पीडीओ (प्रोडक्ट डेलिभरी अर्डर) नलिएको अर्यालले बताए ।

‘रुट नै परिवर्तन भएपछि ढुवानी व्यवसायीले भाडावृद्धिको माग गर्दै ढुवानी बन्द गरेका हौ । भलवारी डिपोका लागि हामीलाई बरैनीबाट लोड नगर्ने भनेको छ, यता लखनउ जाने रुट पर्मिट, नाका र भाडा पनि तय नभएको हो,’ अर्यालले भने ।

हवाई इन्धनबाहेकका इन्धनको आपूर्ति भने यो महिनाको मसान्तसम्मका लागि सहज रूपमै भइरहेको छ । ‘भाडा समायोजनसहितको वार्ताको विषय मन्त्रिपरिषदमा गएर टुंगो लाग्ने छ । त्यो समयका लागि अन्य इन्धनहरूको आपूर्ति भइरहेको छ, निगमले पटक पटक भाडा समायोजन गर्ने जनाए पनि पाँच वर्षदेखि गरेको छैन, अन्य यातायात क्षेत्रको भाडा समायोजन भए पनि हामीलाई हेला गरेकाले आन्दोलनको विकल्प छैन,’ महासचिव अर्यालले भने ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आन्तरिक उडानका लागि सरदर दैनिक १० देखि १४ केएल र एक मात्र उडान भइरहेको अन्तर्राष्ट्रियका लागि सरदर ८-१० केएल इनधन खपत छ । विमानस्थलमा ७० केएलका पाँचवटा भण्डारण क्षमताका ट्यांकीसहित कुल ४५० केएल सञ्चित गर्ने क्षमता छ ।

दुई सातादेखि इन्धन आपूर्ति अनियमित भएपछि विस्तारै संचिति घट्दै गएको विमानस्थल आयल स्टेसन प्रमुख सविन सापकोटाले बताए । ‘केही दिन अगाडि मात्रै इन्धन आएको थियो, अहिले आएको छैन हामीसँग एक हप्ताका लागि पुग्ने इन्धन करिब १६० केएल मौज्दात छ । एक सातासम्म आपूर्ति नभए उडान प्रभावित हुन सक्छ । अहिले विमान कम्पनीहरूलाई मागअनुसारकै इनधन दिइरहेका छौ,’ स्टेसन प्रमुख सापकोटाले भने ।

नेपाल आयल निगमले आइओसीको निणर्यअनुसार रक्सौलबाट आउने गरेको हवाई इन्धन स्थानान्तरणपछि लखनउ डिपोबाट आउने भएपछि आपूर्ति रोकिएको जनाएको छ । रक्सौलबाट हुँदै आएको ढुवानी अब लखनउबाट गर्नुपर्ने भएकाले कागजी प्रक्रिया (रुट पर्मिट) लगायतको काममा निगम लागे पनि ढुवानी व्यवसायीहरूले आन्दोलन गरेकाले आपूर्ति अनियमित भएको आयल निगम लुम्बनी प्रदेशिक डिपोका प्रमुख नवविनोद पोख्रेलले बताए । ‘शुक्रबारसम्मका लागि भण्डारण छ हामीसँग भएको मौज्दात घट्दै जानु, आपूर्तिको अवस्था यस्तै रहे समस्या हुन सक्छ,’ प्रमुख पोख्रेलले भने ।

एक सातादेखि विमानस्थलमा इन्धन आपूर्ति अनियमित भएपछि नेपालगंज र धनगढीको डिपोहरूले इन्धन दिन नसकिने जनाएका छन् । निगमले इन्धनको व्यवस्थापन नगरे आन्तरिक हवाई उडान प्रभावित हुने छ । निगमको धनगढी र नेपालगञ्ज डिपोले सबै हवाई इन्धन सेवा प्रदायकलाई अत्यावश्यकबाहेक इन्धन दिन नसकिने भन्दै काठमाडौंबाटै हवाई इन्धन भरेर उडान गर्न पत्राचार गरेको छ । निगमले डिपोहरूले आफूहरुसँग इन्धनको मौज्दात सकिएको र थप इन्धन पनि उपलब्ध नभएपछि विमान सेवा प्रदायकलाई सूचना जारी गर्नुपरेको जनाएको छ । डिपोले पनि हवाई सेवा प्रदायकलाई काठमाडौंमै इन्धन भर्न सूचना जारी गरेको जनाएको छ ।

धनगढी र नेपालगंज विमानस्थलमा काठमाडौंबाटै हवाई इन्धन बोक्नुपर्ने सर्कुलरले विमान कम्पनीहरु र यात्रुलाई थप आर्थिक भार पर्नेछ । अतिरिक्त मात्रामा इन्धन बोक्दा काठमाडौंबाट हुने उडानमा यात्रु संख्या र कार्गो कटौती गर्नुपर्ने र यसले सञ्चालन खर्च, भाडा दुवैलाई हानी पुर्‍याउँछ ।

डिपोमा व्यवसायीहरूले १९ भदौदेखि आपूर्ति रोकेका छन् । अब अत्यन्तै कम मात्रामा मात्रै इन्धन छ, आपतकालीन अवस्थामा मात्रै प्रयोग गर्ने गरी विमान सेवा प्रदायकलाई जानकारी गराएको हो । भैरहवास्थित गौतमबुद्ध विमानस्थमलमा पनि मौज्दात सकिँदै गएको छ ।

ढुवानी (ट्यांकर )व्यवसायीले निगमसँग गरेको करार सम्झौता र नेपाल सरकारले तोकेको अत्यावश्यक सेवाअन्तर्गत पनि इन्धन आपूर्ति रोक्न पाइन्न । तर, इन्धनको आपूर्ति रोकेका ट्यांकर व्यवसायीलाई कारबाही गर्नुको साटो उल्टै निगमले भने हवाई सेवा प्रदायकलाई हवाई इन्धन दिन नसक्ने सूचना जारी गरेको छ ।

भलवारी डिपोका लागि भारतको बैतालपुरवाट पेट्रोल, गोण्डाबाट मट्टीतेल, अमलेखगञ्जबाट डिजेल र रक्सौलवाट हवाई इन्धन आउने गरेको थियो । लुम्बिनी प्रादेशिक डिपोमा दैनिक पेट्रोल, मट्टीतेल, डिजेल र हवाई इन्धन करिब ६० गाडी पेट्रोलियम पदार्थ आयात भई वितरण हुने गरेको छ ।

नेपाल आयल निगमले पेट्रोलियम व्यवसायीहरूलाई आफ्नो आन्दोलन फिर्ता गर्न आग्रह गरेको छ । पेट्रोलियम पदार्थको पीडीओ नलिने एवं सबै नाकाबाट भारततर्फ लोड गर्न नजानेलगायतका आन्दोलन कार्यक्रम गरेकोप्रति निगमको गम्भीर ध्यानाकर्षण छ । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको मागप्रति निगम व्यवस्थापन सकारात्मक रहेको र उक्तको मागको समाधनका लागि आवश्यक पहल भइरहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले २० भदौदेखि देशभरका पेट्रोलियम ढुवानी ट्यांकरहरूले पीडीओ नलिने र २१ गतेदेखि सम्पूणर् ट्यांकरबाट लोड र अनलोड नगर्ने कार्यक्रमअनुसार नै अन्दोलनका कार्यक्रम गरिरहेका छन् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article नेपालबाट विदेशीले बर्सेनि लैजान्छन् आठ अर्ब
Next Article बुटवलबाट हराएका तीन बालक भारतमा भेटिए
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

लकडाउन सङ्क्रमण नियन्त्रण गर्न प्रभाबकारी : केजरीवाल

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

माओवादी खुम्चिनुको कारण यस्तो पो रहेछ !

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

पेट्रोल, डिजेल, मट्टितेलको मूल्य घट्यो

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट

6 days ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?