2026-06-19 08:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी खुम्चिनुको कारण यस्तो पो रहेछ !

2017-07-03

असार १९, काठमाडौं । पहिलो चरणमा १० नगरपालिका जितेको माओवादीले दोस्रो चरणको मत परिणाम सार्वजनिक भइरहँदा तीनवटा नगरपालिकाबाहेक अन्यमा जित हासिल गर्न सकेको छैन । 

निर्वाचनबाट पहिलो पार्टी बन्ने दाबी नगरे पनि प्रतिस्पर्धी कांग्रेस-एमालेकै हाराहारीमा ‘स्ट्रोङ थर्ड' (बलियो तेस्रो शक्ति) हुने आकलन माओवादी केन्द्रको थियो । तर, माओवादीले यसपटक आफ्नै बलियो आधार इलाका मानिएको रोल्पाकै पनि तीनवटा तह गुमाएको छ । 

रोल्पाको दुई तह एमाले र एउटा कांग्रेसले माओवादीको पोल्टाबाट खोस्न सफल भएका छन् । दोस्रो चरणको निर्वाचनमा अहिलेसम्म जितेको नगरपालिकामध्ये एउटा रोल्पा नगरपालिका, अर्को बर्दियाको बाह्रबर्दिया नगरपालिका तथा तेस्रो अर्घाखाँचीको भूमिकास्थान नगरपालिका मात्रै हो । निर्वाचन तथ्यांक विश्लेषण गर्ने हो भने माओवादीले दोस्रो संविधानसभा निर्वाचनभन्दा केही हदसम्म मत प्रतिशत बढाएको छ । तर, जितेको परिणाम हेर्ने हो भने सहरमा होइन, गाउँमै माओवादी खुम्चन पुगेको छ ।

पछिल्लो मतपरिणाममा प्रदेश नम्बर १ मा ८, प्रदेश नम्बर ५ मा १६ र प्रदेश नम्बर ७ मा ४ तह माओवादीले जितेको छ । ७० को संविधानसभा निर्वाचनमा १ नम्बर प्रदेशका १४ जिल्लाका ४४ निर्वाचन क्षेत्रमध्ये उसले एक स्थानमा मात्र जितेको थियो । एमालेले २३, कांग्रेसले १७ क्षेत्रमा निर्वाचन जितेका थिए । 

त्यस्तै, प्रदेश नम्बर ५ का १२ जिल्लाका ४१ निर्वाचन क्षेत्रमध्ये माओवादीले ६ स्थानमा चुनाव जितेको थियो । यो प्रदेशभित्रका निर्वाचन क्षेत्रमध्ये कांग्रेसले १७, एमालेले १३ स्थानमा जितेको थियो । प्रदेश नम्बर ७ का ९ जिल्लाका २१ निर्वाचन क्षेत्रमध्ये १ स्थानमा मात्र माओवादीले जितेको थियो । त्यहाँका ९ क्षेत्रमा कांग्रेस, ९ क्षेत्रमा एमाले र अन्य क्षेत्र अन्य पार्टीले जितेका थिए ।

पार्टी विभाजित अवस्थामा परिणाम आफ्नो पक्षमा नआएको निष्कर्ष निकालेको माओवादीले आफ्नो छवि सुध्रेको, शीर्ष नेतृत्व सबै ठाउँ पुगेको दाबीका साथ यसपटकको निर्वाचनमा कांग्रेस-एमाले सरहकै प्रतिस्पर्धी पार्टी बन्ने उद्घोष गरेको थियो । 

‘हाम्रो दाबी तेस्रो स्थानमै भए पनि कांग्रेस-एमालेकै प्रतिस्पर्धीका रूपमा आउने खालको थियो', माओवादी केन्द्रका हेडक्वार्टर सदस्य अग्निप्रसाद सापकोटाले भन्नुभयो, ‘तर अपेक्षित परिणाम आएन ।' दोस्रो चरणमा निर्वाचन भएका कुल ३३४ स्थानीय तहमध्ये माओवादी केन्द्रले ३० स्थानीय तहमा तालमेल गरी निर्वाचन लडेको थियो ।

अधिकांश स्थानमा कांग्रेससँग तालमेल गरी निर्वाचन लड्दासम्म सहरमा माओवादीले जित्न सकेन । सहरमा पार्टीले नजित्नुमा सत्ता समीकरणका पक्षमा फैलाइएको भ्रम प्रमुख कारण ठान्छन्, माओवादी केन्द्रीय नेताहरू । ‘धेरै भ्रम थिए, हाम्राविरुद्ध । सत्ता समीकरण बदलिएपछि भ्रम फैलाइएका थिए । 

राष्ट्रियताको मुद्दा उचालिएको थियो, हामीले गर्न खोजेका काम रिजल्टमा आउने तर भ्रम चिर्न असफल हुनाले पनि सहरमा माओवादीले जितेन', माओवादी नेता सापकोटाले भन्नुभयो । 

तर, चुनावी विश्लेषक माओवादी नेताको त्यस्तो पुष्ट्याइँसँग सहमत देखिँदैनन् । माओवादीले संगठन मजबुत बनाउन, पार्टी एजेन्डा र आफूले सरकारमा रहँदा गरेका कामको व्यवस्थित प्रचार गर्न नसक्दा माओवादीले निर्वाचन जित्न नसकेको विश्लेषकको भनाइ छ ।

माओवादीका लागि अहिलेको परिणाम अनौठो र आत्तिनुपर्ने खालको छैन', विश्लेषक तथा सांसद श्याम श्रेष्ठले भन्नुभयो, ‘संगठन मजबुत पार्न नसक्नु, एजेन्डालाई प्रचार गर्न नसक्नु, कमजोर बन्दै जाँदा पनि नेतृत्वले संगठन निर्माणमा ध्यान पुर्‍याउन नसक्नुले माओवादी निर्वाचन हारेको हो ।'

विश्लेषक हरि रोक्का माओवादीले अझै पार्टी संगठनलाई रूपान्तरण गर्न नसकेको बताउनुहुन्छ । आन्दोलनबाट आएको पार्टीले आफ्नो सांगठनिक जालोलाई जनस्तरमा फिँजाउने गरी रूपान्तरण गर्न नसक्दा निर्वाचनमा माओवादीले नजितेको रोक्काको विश्लेषण छ ।

‘कांग्रेस-माओवादी आन्दोलनबाट आएका पार्टी हुन् तर एमाले आन्दोलनबाट भन्दा पनि संगठन बनाएर आएको पार्टी हो । 

निर्वाचन जित्नका लागि संगठन चाहिन्छ । त्यो एमालेसँग थियो, उसले निर्वाचन परिणाम आफ्नो पक्षमा बनायो', रोक्काले भन्नुभयो, ‘माओवादी-कांग्रेसले आफूलाई रूपान्तरण गर्न सकेनन्, परिणाम त्यहीअनुसार आयो।'  -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी