आज बुटवल र काठमाण्डौको हावा सबैभन्दा धेरै हानिकारक, यस्तो छ डाक्टरको सुझाव

साझासवाल
2 Min Read

फागुन १९, काठमाडौँ । देशभर वायु प्रदूषण बढ्दै गएको छ । आज बुटवलमा सबैभन्दा धेरै वायु प्रदूषण छ  भने बुटवलपछि काठमाण्डौ उपत्यकाको वायु प्रदूषण उच्च रहेको छ । काठमाडौँ पछि दाङ र धनकुटामा पनि प्रदूषण बढेको छ । हावाको गुणस्तर सूचक मापक एअर क्वालिटी इन्डेक्स (एक्यूआई) बुटवलमा १ सय ७२ पुगेको छ । यो आज बिहान आठ बजेको मापन हो ।

त्यस्तै काठमाण्डौको कीर्तिपुरमा १ सय ६९, काठमाण्डौमा १ सय ६७, भक्तपुरमा १ सय ६१ रहेको छ । दाङमा १ सय ५८ र धनकुटामा एक्यूआई १ सय ५२ रहेको छ । एक्यूआईले वायुमा हुने आँखाले देख्न नसकिने १० र २ दशमलव ५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई एकीकृत स्वरूपमा बुझाउँछ । एक्यूआई जति बढ्दै गयो उति घातक मानिन्छ । एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ्य मानिन्छ ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५१ देखि १०० सम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको मानिन्छ । त्यसभन्दा माथिको एक्यूआई अस्वस्थकर हुन्छ । एक्यूआई तीन सयभन्दामाथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक हुन्छ । यस्तो खालको वायुले सबै समूहका मानिसलाई असर पार्ने विज्ञले बताउँदै आएका छन् ।

प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन डाक्टरको सुझाव छ । सकेसम्म काम नपरि घरबाट बाहिर ननिस्कने र निस्कँदा मास्क लगाउन डाक्टरको सुझाव छ ।

Share This Article
Leave a Comment

Leave a Reply