By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    2 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    5 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    6 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    6 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    9 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    9 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    9 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: नाकाबन्दी भएको कतारमा अर्को विश्वकप होला कि नहोला ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > नाकाबन्दी भएको कतारमा अर्को विश्वकप होला कि नहोला ?
काठमाडौँ - KTMखेलकुद

नाकाबन्दी भएको कतारमा अर्को विश्वकप होला कि नहोला ?

साझासवाल
Last updated: June 16, 2018 10:53 am
साझासवाल
7 Min Read
Share

जीवन भण्डारी | असार २, काठमाडौँ | विश्वको ध्यान अहिले केही दिनअघि सुरु भएको विश्वकप फुटबल प्रतियोगितातर्फ तानिएको छ । पहिलो पटक विश्वकप आयोजना गरेको रुसले यही जुन १४ अर्थात् जेठ ३१ देखि एक महिनासम्म हुने फुटबल महासंग्रामलाई भव्य र अविश्मरणीय बनाउन अनेक उपाय गरेको छ । फिफा विश्वकपको २१औँ संस्करणको व्यग्र प्रतिक्षा भइरहेका बेला २२औँ संस्करणको विश्वकप आयोजना गर्ने हिम्मत देखाएकै कारण कतारमाथि नाकाबन्दी भएको पनि एकवर्ष पुरा भएको छ । 

सन् २०२२ मा हुने विश्वकप फुटबल प्रतियोगिताको आयोजना कतारमा गर्ने तयारी भएपछि ग्यास र तेल भण्डारले सम्पन्न सानो देश कतार र उसका छिमेकी मुलुकबीच जारी कूटनीतिक संकटका कारण प्रतियोगिता अन्यौलमा पर्ने त होइन भन्ने आशंका बढ्दो छ । 

सन् २०१० मा विश्व फुटबल महासंघ फिफाले सन् २०२२ को विश्वकप कतारलाई आयोजना गर्न दिने निर्णय गरेको थियो । गर्मीमा कतारको तापक्रम बढी हुने भएकोले शरद ऋतुमा खेल सञ्चालन गर्ने निर्णयसमेत गरिएको थियो । कतारले विश्वकप आयोजना हुनुलाई क्षेत्रीय एकताको प्रतीकको रुपमा व्याख्या गरेको थियो । तर कतारले विश्वकप आयोजना गर्दा छिमेकी देशसमेत खुशी हुनुपर्ने बताएपनि अन्य देश भने बेखुशी देखिए । उनीहरु वेखुशी भएको पुष्टि उनीहरुले अनेक बहनामा कतारमाथि नाकाबन्दी लगाएर गरे । गतवर्षको जुन महिनामा साउदी अरब, बहराइन, इजिप्ट र संयुक्त अरब एमिरेट्स (युएइ)ले कतारसँग सम्पूर्ण कूटनीतिक तथा व्यापारिक सम्बन्ध विच्छेद गरेको घोषणा गरेका थिए र त्यो अवस्था अहिले पनि जारी छ । यही कुटनीतिक संकटका कारण विश्वकपको अर्को संस्करण शंकाको घेरामा छ । 

कतारमा विश्वकप आयोजनासम्बन्धी सर्वोच्च निकाय ’सुप्रिम कमिटी फर डेलिभरी एण्ड लेगेसी’ले भने नाकाबन्दी भएपनि विश्वकप आयोजना गर्न सक्ने दावी गरेको छ । उसले आफ्नो एउटा वक्तव्यमा भनेको छ, “मध्यपूर्वमा पहिलो पटक गरिन लागिएको विश्वकप आयोजनालाई लिएर कुनै संकट छैन । कतारविरुद्ध जारी नाकाबन्दीको असर विश्वकपको तयारीमा पर्नेछैन ।” ‘म्यानेजमेन्ट कन्सल्टेण्ट कर्नरस्टोन ग्लोबल’ले केही महिनाअघि तयार पारेको एक अध्ययन प्रतिवेदनमा भनिएको छ, “विश्वकप आयोजनालाई लिएर कतार ठूलो दबाबमा छ । यसको कारण जारी राजनीतिक संकट वा कतारमा एउटा आन्दोलन भड्किने आशंका छ ।” के फिफा विश्वकप २०२२ संकटमा छ ? भन्ने शीर्षकमा गरिएको अध्ययन प्रतिवेदनअनुसार निर्धारित समयमा कतारमा विश्वकप हुन्छ या हुदैन भन्न सकिने अवस्था नरहेको पश्चिमा कूटनीतिज्ञहरुले बताइरहेका छन् । तर सुप्रिम कमिटी फर डेलिभरी एण्ड लेगेसीले भने प्रतिवेदन अस्वीकार गरेको छ । विश्वकप आयोजनालाई लिएर कुनै समस्या नरहेको कतारले दाबी गर्दै आएको छ । 

कतार प्राकृतिक ग्यास निर्यात गर्ने संसारकै दोश्रो ठूलो राष्ट्र हो । २७ लाख मात्र जनसंख्या भएको यो सानो खाडी मुलुक समृद्ध छ । आफ्नो क्षेत्रमा छुट्टै पहिचान बनाउने र प्रभाव विस्तार गर्ने कतारको नीति छ । ऊसँग प्रसिद्ध वायुसेवा कतार एयरवेज छ । प्रसिद्ध टेलिभिजन च्यानल ‘अलजजिरा’ छ । यही पुष्ठभूमीमा सन् २०२२ मा फिफा विश्वकप आयोजना गर्ने हिम्मत गरेको हो । प्रसिद्ध फुटबल क्लब बार्सिलोनासमेत उसैको पैसाले चल्थ्यो । विश्वका नामुद बहुराष्ट्रिय निगम कतारमा छन् । पछिल्लो भूराजनीतिक घटनाले भने कतारमाथि नराम्ररी प्रहार गरेको छ । 

खाडी मुलुक कतारविरुद्ध साउदी अरबसहितका छिमेकी देशले गरेको नाकाबन्दीलाई खाडी क्षेत्रमा पछिल्लो केही समयदेखिको सबैभन्दा ठूलो कूटनीतिक संकटका रुपमा हेरिएको छ । खाडी क्षेत्रको तनाव गत वर्षको जुन ५ बाट सुरु भएको थियो । साउदी अरबको नेतृत्वमा कतारमाथि भएको नाकाबन्दीमा बहराइन, इजिप्ट र युनाइटेट अरब इमिरेटस् (युएइ)ले साथ दिएका छन् । उनीहरुले सोही समयमै कतारसँगको सवै कूटनीतिक सम्वन्ध टुटेको बताएका थिए । कतारले ‘आतङ्कबाद’लाई सहयोग पुर्याएको र इरानसँग नजिकिएकोले नाकाबन्दी लगाएका मुलुकले कतारलाई आरोप लगाएका छन् । तर कतारले भने उनीहरुको आरोप अस्विकार र खण्डन गर्दै आइरहेको छ । 

कतारविरुद्ध नाकाबन्दी लगाएका देशहरुले कतारसँगको स्थल र जल नाका अहिलेसम्म पनि बन्द नै गरेका छन् भने हवाई सेवा टुटाएका छन् । साथै कतारका नागरिकलाई आफ्नो देशबाट निकाला पनि गरेका छन् । साउदी अरबले कतारको अलजजीरा टेलिभिजन च्यानलको रियाद व्युरो कार्यालय पनि बन्द गरिदिएको छ । नाकाबन्दी लगाउने देशहरुले गत वर्षको जुन २२ मा साउदी अरबको नेतृत्वमा कतारलाई १३ बुँदे माग तथा सर्त पुरा गर्न दवाव दिएपनि कतारले कुनै सर्त मान्य नहुने जवाफ पठाएको थियो । माग पूरा गर्न नसक्ने अडान कतारले लिएपछि उसमाथि आर्थिक तथा सबै किसीमको नाकाबन्दी गरिएको हो । विवाद समाधान नभइरहेका बेला गएको सेक्टेम्बर ८ मा कतारका राजाले साउदी अरबका युवराजसँग वार्ता गर्न चाहेको खवर पठाउनुभयो । तर सेक्टेम्बर ९ मा साउदी अरबले भने कतारसँग कुनै वार्ता नहुने जवाफ पठायो । राष्ट्रसंघसँग दुवै पक्षको उजुरी सन् २०१८ को अप्रिलमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारका राजालाई भेटेर नाकाबन्दीका बारेमा समाधान निकाल्न आग्रह गर्नुभयो । नाकाबन्दीका बारेमा संयुक्त राष्ट्रसंघमा पनि छलफल भयो भने राष्ट्रसंघले पनि कूटनीतिक समाधानका लागि दुवै पक्षलाई आह्वान गर्यो । तर पनि समाधान ननिस्कलेपछि विश्वलाई नै तताएको नाकाबन्दीको विषय अहिले सेलाएको छ । नाकाबन्दी भने जारी नै छ । 

कतार एक्लिएपनि नझुकेकाले यसको समाधान हुने सम्भावना देखिएको छैन । बरु मध्यपूर्वमा भूराजनीतिक सन्तुलन बिग्रँदै जाँदा इरानले कतारलाई खाद्य सामग्री पठाइदिने लगायतका सहयोग गर्दै आएको छ । नाकाबन्दी सुरु हुनुभन्दा अगाडिसम्म कतार यूएई र बहराइनसँग दूग्धजन्य पदार्थका लागि ८५ प्रतिशत निर्भर रहेकोमा अव उल्टै निर्यात गर्ने मुलुक बन्न लागेको छ । 

यस खाडी मुलुकमा प्रयोग हुने सागसब्जी सबै युरोपेलीलगायत मुलुकबाट आयात हुने गरेकोमा कतारजस्तो मरुभूमिमा पनि पर्याप्त खेतीपाती सम्भव छ भन्ने पुष्टी गर्दै देशको आवश्यकताको ९० प्रतिशत आफै उत्पादन गर्न थालिसकेको छ । कतारका ग्रिनहाउसमा गोलभेँडा, लसुन, प्याजलगायत तरकारी पर्याप्त फल्न थालेका छन् भने मेवा उत्पादनले राम्रो परिणाम दिएको छ । आफ्नो लागि आवश्यक सामग्री आफै उत्पादन गर्ने रणनीति आक्रामकरुपमा अघि बढाएकाले निकट भविष्यमै कतारलाई भोजनमा आत्मनिर्भर बनाइसक्ने कतारीको अठोट छ । 

कतारका व्यावसायिक कृषक आगामी तीनदेखि पाँच वर्षमा मुलुकलाई तरकारी र डेरीजन्य उत्पादनमा आत्मनिर्भर बनाउन लागिपरेका छन् । तर, उखु र मकै फलाउन भने अझै सम्भव देखिएको छैन । उत्पादित सामग्री भण्डारण गर्न सरकारले एक स्थानीय कम्पनीलाई ठूला गोदाम निर्माणको ठेक्का दिइसकेको छ । 

त्यस्ता गोदाममा ३० लाख जनसंख्यालाई दुई वर्षसम्म पुग्ने सामग्री भण्डारण गर्न सकिनेछ । नाकाबन्दी कायमै रह्यो र विश्वकपको २२औँ संस्करण कतारमै हुनेभयो भने सन् २०२२ मा विश्वकप खेल्न र हेर्न कतार आउने मानिसले स्थानीय उत्पादन नै उपभोग गर्न पाउने छन् । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article जग्गा कारोबार गर्नेहरुको सम्पत्ति छानबिन हुँदै
Next Article टेन्सबर्ग बियर पिउनु हानिकारक, यस्तो छ कारण (प्रमाण सहित)
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

अब्दुसको टीममाथि आक्रमण, एमालेका एक नेता गम्भीर घाइते

57 years ago
काठमाडौँ - KTMराजनीति

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

57 years ago
काठमाडौँ - KTMसमाज

कोरोना सङ्क्रमण समुदायमा फैलिएकाबारे अध्ययन, तेस्रो चरणमा प्रवेशको खतरा

57 years ago
काठमाडौँ - KTMसमाज

फाल्गुनन्द जन्मयन्ती विषेश: समाज सुधारक तथा राष्ट्रिय विभूति फाल्गुनन्द

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?