2026-09-14 08:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टेन्सबर्ग बियर पिउनु हानिकारक, यस्तो छ कारण (प्रमाण सहित)

भैरहवा, २ असार  । नेपाली बजारमा आएको टेन्सबर्ग बियर पिउनु हानिकारक भएको पाईएको छ । 

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले गरेको गुणस्तर चेकजाचका क्रममा बियर पिउनु हानिकारक भएको प्रमाणित भएको हो ।

 बियरको बोटल भित्र अखाद्य बस्तु भेटिनुका साथै अलकोहलको मात्रामा समेत कमि देखिए पछि यसको रहस्य बाहिर आएको छ ।

 बियरमा फोहोर र गुणस्तरहिन प्रमाणित भएपछि खाद्यले जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई समेत कार्बाहीका लागी पत्राचार गरेको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख हस्त बहादुर राईले जानकारी दिनुभयो । 

रुपन्देहीको शुदोधन गाउँपालिकामा रहेको टाईगर ब्रुअरी बाट उत्पादित बियरले उपभोक्ता माथि गरेको खेलवाड गरेको स्थानियहरु बताउछन् ।

यस कम्पनी बाट उत्पादिन बियर भित्र अखाद्य बस्तु भेटिनु गलत भएको भन्दै स्थानियहरुले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा कार्बाहीको लागी  निबेदन दिएका छन् । यसको समेत कार्बाही अगाडी बढेको देखिदैन् ।

रुपन्देहीका निमित्त प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले टेन्सबर्ग बियरको गुणस्तर चेकजाच गर्दा उत्पादनमा कमजोरी देखिएकाले सम्बन्धित कार्यालयले कार्बाही अगाडी बढाएको जानकारी दिनुभयो ।

कम्पनीका सञ्चालक तेजेन्द्र खड्काले बियर उत्पादन गर्दा कमजोरि भएको स्विकादै गुणस्तरहिन बियर बजार बाट कम्पनीले फिर्ता गरिसकेको जनाउदै अझ बजारमा केहि मात्रा हुनसक्ने बताउनुभयो ।

पटक पटक बिवादमा आईरहने यो कम्पनीले उत्पादन गर्ने गुणस्तरहिन बियर ,राजस्व छलि र अन्तशुल्कको नक्कली स्टिकर काण्डमा बिगत देखी अनुसन्धान हुनेगरेको छ ।

– कमल रायमाझीको सहयोगमा प्राप्त समाचार 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले