२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी मध्यावधि निर्वाचन, ट्रम्पको अग्निपरीक्षा

२०७५, १७ कार्तिक शनिबार ०९:३७

सोमनाथ लामिछाने | कात्तिक १७, काठमाडौँ । संयुक्तराज्य अमेरिकामा यही नोभेम्बर ६ अर्थात् कात्तिक ६ गते मङ्गलबारका दिन मध्यावधि चुनाव हुँदैछ । यो चुनाव अमेरिकी प्रतिनिधिसभा, माथिल्लो सदन सिनेट र राज्यका गभर्नरका निम्ति हुन लागेको हो । 

हाल अमेरिकी दुवै सदनमा बहुमतमा रहेको रिपब्लीकन पार्टीले बहुमत जोगाउने कसरतमा सम्पूर्ण शक्ति लगाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एवम् चुनावी मत सर्वेक्षणमा रिपब्लीकन पार्टीले फेरि दुवै सदनमा बहुमत ल्याउन सक्ने देखाएका छन् । 

अमेरिकी ४३५ सदस्यीय तल्लो सदन प्रतिनिधिसभामा हाल रिपब्लीकन पार्टीको २३५ र डेमोक्र्याटिक पार्टीको १९३ स्थान छ । सात स्थान रिक्त छ । यस पटक यी सबै स्थानमा चुनाव हुँदैछ । 

तर १०० सदस्य रहने माथिल्लो सदन सिनेटमा ३५ स्थानका लागि चुनाव हुँदैछ । अमेरिकी नीति निर्माणमा निकै महत्वपूर्ण मानिने सिनेटमा हाल रिपब्लीकन पार्टीको ५१, डेमोक्र्याटिक पार्टीको ४७ र स्वतन्त्र २ स्थान छ । अर्थात् सिनेटमा रिपब्लीकन पार्टीको बहुमत छ । यस चुनावमा ३५ स्थानका लागि मात्र चुनाव हुनेछ । अमेरिकी सिनेटमा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यका लागि चुनाव हुने संवैधानिक प्रावधान छ । यस चुनावमा डेमाक्र्याटिक पार्टीले प्रतिनिधित्व गरेका २३ स्थान, रिपब्लीकनले प्रतिनिधित्व गरेका आठ स्थान र स्वतन्त्र दुई स्थानका लागि चुनाव हुनेछ । साथै रिक्त भएका दुई स्थानमा पनि चुनाव हुनेछ । 

यसैगरी, अमेरिकाका विभिन्न ३६ राज्य र तीन वटा अधिकृत क्षेत्र (टेरिटोरिज)मा गभर्नर पदका लागि चुनाव हुँदैछ । 

चुनावको महत्व 

अमेरिकी संसदको चुनावको नतिजा खासगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि अत्यन्त महत्वपूर्ण रहेको छ । यो चुनावमा संसद्मा रिपब्लीकन पार्टीले बहुमत गुमाएमा राष्ट्रपति ट्रम्पका धेरैवटा महत्वाकाँक्षी योजना अलपत्र पर्नेछन् । डेमोक्र्याटले बहुमत हासिल गरेको खण्डमा राष्ट्रपति ट्रम्पमाथि सन् २०१६ को राष्ट्रपतीय चुनावका सम्बन्धमा भइरहेको छानबिनले नयाँ मोड लिने र अन्ततः संसद्मा महाभियोगको प्रस्तावसम्म आउने अडकलबाजी भइरहेका छन् । त्यहीकारण राष्ट्रपति ट्रम्प दिनरात चुनावी प्रचारमा व्यस्त हुनुहुन्छ । 

ट्रम्पले चुनावी सभामा खासगरी डेमोक्र्याट पार्टीका सबैजसो नीतिको कडा शब्दमा आलोचना गर्नुभएको छ । खासगरी उदार अर्थव्यवस्था र आप्रवासी नीतिमा डेमोक्र्याटिक पार्टीले लिएका नीति मुलुकको अहितमा रहेको उहाँको ठम्याइ छ । होन्डुरसबाट पलायन भएका करिब सात हजार मानिस अमेरिका प्रवेश गर्ने भन्दै मेक्सिको–अमेरिका सीमातर्फ अघि बढेको र तिनीहरुलाई डेमोक्र्याट्सले मद्दत गरेको उहाँको आरोप छ । 

अमेरिका प्रवेश गर्न चाहने यो समूहलाई रोक्न ट्रम्पले दक्षिणी सीमामा ठूलो संख्यामा फौज पठाउनुभएको छ । उहाँले कुनै आप्रवासीले अमेरिकी सैनिकमाथि ढुङ्गामुढा गरे गोली चलाउने आदेश दिइएको बताउनुभएको छ । अमेरिकामै रहेका आप्रवासीमाथि पनि डेमोक्र्याटले अनावश्यक संरक्षण दिएको ट्रम्पको भनाइ छ । अझ, ट्रम्पले आप्रवासीबाट जन्मने बालबच्चालाई अमेरिकी नागरिकता दिने विगतको अमेरिकी नीति खारेज गर्ने चेतावनीसमेत दिनुभएको छ । 

आप्रवासीका सम्बन्धमा आफ्ना नीतिको कार्यान्वयन गर्न ट्रम्पसँग संसदको बहुमत आफूसँग हुनुको विकल्प छैन । 

मतसर्वेक्षण 

फाइनान्सीयल टाइम्सले गरेको पछिल्लो मतसर्वेक्षणमा अमेरिकी संसद्को दुवै सदनमा रिपब्लीकन पार्टीले झिनो बहुमत हासिल गर्ने सम्भावना रहेको देखाएको छ । 

अमेरिकी सिनेटमा यसपटक चुनाव हुने ३५ स्थानमध्ये २३ स्थान डेमोक्र्याट्स पार्टीका भएकाले डेमोक्र्याट्स पार्टीलाई आफ्नो स्थान जोगाउनुपर्ने चुनौती मात्र होइन रिपब्लीकन पार्टीले जितेका स्थान पनि जित्नुपर्ने चुनौती छ । फाइनान्सीयल टाइम्सका अनुसार डेमोक्र्याट्सले ४३ स्थानमा र रिपब्लीकनले ४९ स्थानमा विजयी हुने प्रबल सम्भावना छ । बाँकी ८ स्थानमा को विजयी हुन्छ, निर्णय गर्न कठिन रहेको बताइन्छ । डेमोक्र्याट्सले यसअघि सिनेटमा विजयी गरेका स्थानमा ट्रम्पले सन् २०१६ मा ठूलो विजय हासिल गरेकाले पनि डेमोक्र्याट्समाथि चुनौती बढेको हो । 

आर्थिक परिसूचक 

राष्ट्रपति ट्रम्पले दाबी गरेझैं अमेरिकी अर्थतन्त्रमा ४.२ प्रतिशतको आर्थिक वृद्धि भइरहेको छ, बेरोजगारी दर घटेको छ, र अमेरिकी अर्थतन्त्रको झलक दिने न्यूयोर्क स्टक एक्सचेन्जका परिसूचक सकारात्मक छन् । ट्रम्पले लिएका आर्थिक नीतिले अमेरिका र विश्वमै फेरि आर्थिक मन्दी आउने अर्थविदहरुको भनाइ रहेपनि त्यस्तो अनुमान सही रहेन । यो मध्यावधि चुनाव ट्रम्पका आर्थिक नीतिमाथिको जनमत सङ्ग्रहका रुपमा पनि हेर्ने गरिएको छ । ट्रम्पलाई रुचाउने मानिसको सर्वेक्षणमा रेटिङ ५० प्रतिशतभन्दा तलै छ, अर्थात् आधाभन्दा कम अमेरिकीले मात्र उहाँलाई रुचाएको देखिएको छ । रेटिङमा तलै परेपनि “राष्ट्रवादी” ट्रम्पको खरो र आक्रामक प्रस्तुतिले अन्तिममा मतदातालाई आफूतिर आकर्षित गर्ने सम्भावना छ । 

विभाजनकारी मनोदशा 

अमेरिकी चुनावमा कतिपय नीतिलाई लिएर चर्को बहस, छलफल र विचारविमर्श हुनु अनौठो होइन । तर राष्ट्रपति ट्रम्पले अमेरिकी चुनावी मनोदशा र प्रवृत्तिमै फरक शैली ल्याएको आरोप लाग्न थालेको छ । अमेरिकी समाजको जग नै विभक्त हुनथालेको अमेरिकी सञ्चार माध्यमको भनाइ छ । केही दिनअघि मात्र एकजना ट्रम्प समर्थकले डेमोक्र्याट्स पार्टीका सबै शीर्ष व्यक्ति र पूर्व राष्ट्रपतिका घर एवं सिएनएनको कार्यालयमा हुलाकमार्फत बम पठाएर आतङ्कित बनाए । अर्का एक व्यक्तिले यहूदी विरोधी नीतिको अन्ध समर्थन मात्र गरेनन् पिट्सबर्गमा १२ जना यहूदीको गोली हानी हत्या समेत गरे । गोराको बर्चश्व अमेरिकामा गुम्दै गएकाले त्यसलाई पुनर्जीवित तुल्याउनु पर्दछ भन्ने समूहले बेलाबखत अमेरिकाभर नै जुलुस निकाल्न थालेको छ, र त्यसलाई ट्रम्पले खुलेआम समर्थन गर्नुभएको छ । कैयौं प्रबुद्ध व्यक्ति, सेलिब्रेटी, विपक्षी नेता, आलोचक र मिडियामाथि उहाँले दिनरात ट्वीटमार्फत् गर्ने कटाक्षले अमेरिकी समाजको आधारभूत सिद्धान्त र मान्यतालाई नै कठघरामा उभ्याएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो