2026-06-26 04:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाका राष्ट्रपति ट्रम्पलाई ठूलो धक्का, हाउस अफ रिप्रेजेन्टिटिभ विपक्षीको कब्जामा

कात्तिक २४, काठमाडौँ | अमेरिकामा मंगलबार सम्पन्न निर्वाचनमा विपक्षी डेमोक्र्याटिक पार्टीले हाउस अफ रिप्रेजेन्टिटिभमा बहुमत हासिल गरेको छ । सिनेटमा भने ट्रम्पको रिपब्लिकन पार्टीले तीन सिट थप गर्दै आफ्नो बहुमत कायमै राखेको छ । 

पूर्ण मत परिणाम आउन बाँकी नै भए पनि हाउसमा डेमोक्र्याटिक पार्टीको बहुमत आउने पक्का-पक्कि भएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो चुनावअघि ४४५ सदस्य रहेको हाउसमा रिपब्लिकन पार्टीको २३४ सिट थियो । डेमोक्र्याटिक पार्टीको २०१ सिट मात्र थियो । अहिलेसम्मको मतपरिणाम अनुसार डेमोक्र्याटहरुले नयाँ २४ सिट जित्दा रिपब्लिकनहरुले २४ सिट गुमाएका छन् । डेमोक्र्याटिक पार्टीले रिपब्ललिकनबाट ४० देखि ५० सिटसम्म छिन्न सक्ने देखिएको सञ्चार माध्यमले जनाएका छन् ।

यो मत परिणामले राष्ट्रपति ट्रम्पलाई ठूलो धक्का पुग्ने अमेरिकी संचारमध्यमहरुको विश्लेषण छ । राष्ट्रपति ट्रंपले अब पहिले जस्तो एकलौटी रुपमा नीति, नियम तथा कानुन बनाउन पाउने छैनन् ।

अमेरिकामा कुनै पनि कानुन तथा बजेट अमेरिकी कंग्रेसका दुवै सदन सिनेट र हाउसबाट पारित हुनुपर्छ । हाउसमा बहुमत गुमाएपछि राष्ट्रपति ट्रम्पका हात बाँधिने छन् । उनले अब डेमोक्र्याटहरुको नियन्त्रणमा रहेको हाउसलाई मनाएर मात्र कानुन तथा बजेट पारित गर्न सक्नेछन् । राष्ट्रपति ट्रम्पको पछिल्लो दुई वर्षे कार्यकालमाथि जनमतसंग्रह मानिएको यो चुनावमा मतदाताहरूले राष्ट्रपतिमाथि नियन्त्रण राख्नेगरी अभिमत प्रकट गरेको टिप्पणी विश्लेषकहरूले गरेका छन् । यो मतपरिणामले डेमोक्र्याटहरूलाई उत्साहित पार्नेछ भने राष्ट्रपति ट्रम्पका लागि चिन्ता थप्नेछ । 

डेमोक्र्याटहरुले अमेरिकाका ठूला सहर तथा सहर वरिपरिका निर्वाचन क्षेत्रमा जित्न सफल भएका छन् भने रिपब्लिकनहरुले ग्रामिण क्षेत्रमा आफ्नो पकड कायमै राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ