२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुठी विधेयकले निजी गुठीलाई समाप्त पार्ने

२०७६, ३० जेष्ठ बिहीबार ०६:५९

जेठ ३०,काठमाडौँ | गुठीसम्बन्धी कानूनलाई एकीकरण तथा संशोधन गर्न बनेको विधेयक–२०७५ ले निजी गुठीलाई समाप्त पार्ने आज आयोजित एक कार्यक्रमका वक्ताहरुले विचार व्यक्त गरेका छन् । स्वर्गद्वारी आश्रम, नेपाल विद्वत परिषद्, हिन्दू जागरण अभियानलगायतका संस्थाले आज पत्रकार सम्मेलन गरी संसद्मा पेश भएको गुठीसम्बन्धी विधेयकले गुठीहरूको समस्या समाधान गर्ने नाममा गुठी सम्पदा र सनातन संस्कृतिलाई नियन्त्रण गरी प्राचीन र जीवन्त सांस्कृतिक परम्परालाई समाप्त पार्न खेल भएको बताएका हुन् । 

पत्रकार सम्मेलनमा स्वर्गद्वारी आश्रमका सदस्य डा धुव्र श्रीले मूर्त, अमूर्त संस्कृति र परम्पराका रूपमा रहेको गुठी सम्पदाको वास्तविक मर्मलाई विचारै नगरी गुठी विधेयक संसद्मा पेश भएको बताउनुभयो ।

उक्त विधेयक पारित भई लागू भएमा नेपालमा सदियौँदेखि चलिआएका मौलिक संस्कृति, परम्परा, जात्रा, पर्व र सनातन वैदिक यज्ञ परम्परा नाशिँदै जाने उहाँको भनाइ छ । हिन्दू जागरण अभियानका अध्यक्ष रामकृष्ण उपाध्यायले प्रस्तुत विधेयकमा गुठी भनेर केवल गुठीको सम्पत्तिलाई आँखा लगाई गुठीको सम्पत्ति हत्याउन खोज्ने प्रवृत्ति हाबी भएको बताउनुभयो । “प्रस्तुत विधेयक संविधानको धारा, २६ को उपधारा, १ मा प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिकस्थल तथा धार्मिक गुठी सञ्चालन र संरक्षण गर्ने हक हुनेछ भन्ने धार्मिक स्वतन्त्रताको हकको विरुद्धमा छ”,उहाँले भन्नुभयो ।नेपाल विद्वत परिषद्का सदस्य उमेश घिमिरेले विधेयकमा उल्लिखित नयाँ मठमन्दिर बनाउँदा सरकारको स्वीकृत लिनुपर्ने प्रावधानले नेपालको मौलिक परम्परा मासिने डर बढ्दै गएको बताउनुभयो । विधेयकले देशमा सार्वजनिक जग्गा सकिँदै जाने र देशको सम्पूर्ण भूमि माफियाको कब्जामा जाने अवस्था सिर्जना हुने देखिएकाले देशको सार्वजनिक सम्पत्तिको संरक्षणका निम्ति उक्त विधेयक फिर्ता हुनु आवश्यक रहेको उहाँको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय