2026-06-26 02:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वका सबैभन्दा वृद्ध व्यक्ति नोनाकाको मृत्यु

2019-01-22

माघ ८, काठमाडौं । विश्वको सबैभन्दा पाको उमेरका व्यक्तिको मृत्यु भएको छ । जापानका १ सय १३ वर्षका मसाजो नोनाकाको होक्काइडोस्थित आफ्नै घरमा निधन भएको हो ।

मसाजोको परिवारले जनाए अनुसार उनको सुतेकै अवस्थामा आइतबार बिहान मृत्यु भएको छ ।


गत वर्ष १ सय १२ वर्ष २५९ दिनको उमेरमा मसाजो विश्वको सबैभन्दा पाको उमेरको व्यक्तिको रुपमा गिनिज बुकमा दर्ज भएका थिए ।

उनको जन्म सन् १९०५ को जुलाई २५ मा भएको थियो । अल्बर्ट आइन्स्टाइनले आफ्ना सापेक्षताको सिद्धान्त प्रकाशन गर्नु केही अघि उनी जन्मिएका थिए ।

१ सय १३ वर्षको उमेरसम्ममा पनि उनी हरेक दिन पत्रिका पढ्ने, टेलिभिजनमा सुमो तथा नाटकहरु हेर्ने गर्दथे ।

जापान अहिले विश्वमा सबैभन्दा धेरै औषत आयु भएका नागरिकहरुको देशको रुपमा रहेको छ । जापानका जिरोमोन किमुरा मानव इतिहासमै सबैभन्दा धेरै बाँच्ने व्यक्तिको रुपमा रहेका छन् । उनको १ सय १६ वर्ष ५४ दिनको उमेरमा सन् २०१३ मा मृत्यु भएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ