Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मोरङमा ड्रम पड्किएर मजदूरको मृत्यु

By kit 2 मिनेट पढाइ

<p>माघ ८, उर्लाबारी | मोरङ बेलबारी नगरपालिका– ११ मा आज बिहान ग्यास भरिएको ड्रम पड्किएर एक मजदूरको मृत्यु भएको छ ।&nbsp;<br></p><p>सोही स्थानमा रहेको बस्नेत ग्रिलमा काम गर्दै आइरहेका ३७ वर्षीय मनिष बराईलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिनुभयो ।&nbsp;</p><p>वेल्डिङको काम गर्ने क्रममा ड्रम पड्किएर शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका बराईलीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।&nbsp;</p>