By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    3 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    21 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    23 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    24 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    23 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: मलेसियाको राजामा सुल्तान अब्दुल्लाह निर्वाचित
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > मलेसियाको राजामा सुल्तान अब्दुल्लाह निर्वाचित
काठमाडौँ - KTMविश्व

मलेसियाको राजामा सुल्तान अब्दुल्लाह निर्वाचित

साझासवाल
Last updated: January 24, 2019 12:43 pm
साझासवाल
4 Min Read
Share

माघ १०, क्वालालमपुर (रासस/सिन्ह्वा) | मलेसियाको राजसभाले बिहीबार नयाँ राजाका रुपमा सुल्तान अब्दुल्लाह अहमद शाह निर्वाचित हुनुभएको छ । 

संवैधानिक राष्ट्रप्रमुखका रुपमा निर्वाचित सुल्तान मलेसियाको १६आँै राजा हुनुभएको अधिकारीहरूले जनाएका छन् । 

राज्यद्वारा सञ्चालित समाचार संस्था बेर्नामाले जनाएअनुसार यही जनवरी ३१ तारिखका दिन उहाँले पद वहाली गर्नुहुनेछ । 

यसअघिका राजा सुल्तान मुहम्मद पाँचौले यही जनवरी ६ मा राजिनामाको घोषणा गरेपछि नयाँ राजा चयन गरिएको हो । 

मुस्लिम–बहुल मलेसियामा सन् १९५७ यता कुनै राजाले तोकिएको समयावअधि नसकिँदै राजिनामा दिने उहाँ पहिलो राजा हुनुहुन्छ । 

उहाँले राजिनामा दिनु पर्नाको कारण अहिले सम्म स्पष्ट पारिएको छैन । तर उहाँले रुसी पूर्व सुन्दरीसँग विवाह गरेकाले राजिनामा दिएको बताइएको छ । 

राजिनामाको घोषणा गर्नुअघि ४९ बर्षीय १५औं राजा सुल्तानले केही सातादेखि विदा लिनुभएको थियो । उहाँले गत नोभेम्बरमा औषधि उपचारका लागि भन्दै लामो विदा लिनुभएको थियो । 

राजा सुल्तानले सन् २०१६ डिसेम्बरमा राजगद्दी सम्हाल्नु भएको थियो । मलेसियाका नौ वटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा हुने अनौठो प्रचलन छ । त्यही परम्परा अनुसार ५९ बर्षिय अब्दुल्लाह पहाङ राज्यबाट नयाँ राजा निर्वाचित हुनुभएको हो । 

नयाँ राजा अब्दुल्लाहका पिता सुल्तान अहमद शाहले ८८ बर्षको उमेरमा यही जनवरी ११ का दिन पद त्याग गरेपछि अब्दुल्लाह त्यस राज्यको सुल्तान बन्नु भएको थियो । अस्वस्थताको कारण देखाउदै उहाँका पिताले पद त्याग गर्नुभएको थियो । 

नयाँ राजा अब्दुल्लाह खेलकुदमा अत्यधिक संलग्न व्यक्ति हुनुहुन्छ । उहाँ आसियन फुटबल महासंघ परिषद् र फिफा परिषद्को सदस्य पनि भएसक्नुभएको छ । साथै उहाँले मलेसिया फुटबल संघको अध्यक्षको जिम्मेवारी पनि सम्हाल्नुभएको छ । 

उहाँसँगै पेराकका सुल्तान नज्रिन शाहलाई राज्य उपप्रमुखका रुपमा घोषणा गरिएको अधिकारीहरुले बताएका छन् । यसअघि पनि कार्यबाहक राजाको जिम्मेबारी सम्हाल्नु भएका ६२ बर्षिय नज्रिनलाई उपप्रमुखको रुपमा फेरी पनि पाँच बर्षका लागि निरन्तरता दिइएको हो । 

सन् १९५७ मा ब्रिटिश उपनिवेशबाट स्वतन्त्र भएपछि यसरी छानिएका राजाहरू दैनिक प्रशासनिक काममा भने संलग्न हुँदैनन् । तर प्रधानमन्त्रीलगायत महत्वपूर्ण पदमा हुने नियुक्ति भने राजाबाट हुन्छ । 

मलेसियाका राजा इस्लाम धर्मका प्रमुख र सशस्त्र सुरक्षा निकायहरूका पदेन प्रमुख हुने व्यवस्था रहेको छ । बहुसङ्ख्यक मुसलमानहरूले राजाले मलेसिया र इस्लाम धर्मको परम्परालाई एकतावद्ध राखेको विश्वास गर्छन् । 

अदालतबाट दोषी प्रमाणित भएका व्यक्तिलाई क्षमादान गर्ने अधिकार पनि राजासँग छ । तर राजाको मानहानि हुनेगरी आलोचना गर्नेलाई भने जेल सजाय पनि हुन सक्ने व्यवस्था रहेको छ । 

मलेसियाका १३ राज्य मध्ये नौ राज्यमा परम्परागत शासकहरू अर्थात् सुल्तान छन् भने बाँकी चार राज्यका गर्भनर छन् । ती नौ राज्यका सुल्तानमध्येबाट चक्रीय प्रणाली मार्फत् पाँच पाँच बर्षका लागि राजा छान्ने परम्परा रहेको छ । 

प्रायः पालो कुरेर बसेका सुल्तान पालै पालो राजा हुन्छन् । अहिले राजा हुने पालो पहाङ राज्यका सुल्तानको थियो । 

राजा छान्न सबै सुल्तानहरूलाई राजा हुने पालो भएको राज्यका सुल्तानको नाम लेखिएको मतपत्र दिइन्छ । अनि उनीहरूले नै गोप्य मतदानबाट ती सुल्तान राजा हुन उपयुक्त छैन कि छैनन् भनेर निर्णय गर्छन् । 

राजा निर्वाचित हुन नौमध्ये कम्तीमा पाँच मत अर्थात् बहुमत पाउनु पर्दछ । बहुमत नपुगेमा त्यसपछि पालो भएको राज्यका सुल्तानको नाममा यही प्रक्रियाबाट मतदान गर्ने परम्परा रहेको छ ।  

Share This Article
Facebook Email Copy Link Print
Previous Article अमेरिकी राष्ट्रपतिले व्यक्तिगत रुपमा पठाए उत्तर कोरियाली नेता किमलाई पत्र
Next Article वुबा नहुँदा पढ्नबाटै बञ्चित
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

मन्त्रालयमा सचिव सिंह मन्त्रि रवि भन्दा ढिला पुगेपछि…

57 years ago
काठमाडौँ - KTMराजनीति

निर्वाचन आयोगले गर्‍याे समानुपातिक सिटको कानुन हेरफेर

57 years ago
काठमाडौँ - KTMसमाज

मिस नेपाल वर्ल्ड २०२१ की विजेता बनिन् दीक्षा केसी

57 years ago
काठमाडौँ - KTMराजनीति

कांग्रेसले सरकारको नेतृत्व लिने, प्रधानमन्त्री ओलीको राजीनामा माग

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?