2026-06-27 11:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी आक्रमणमा परी १६ जनाको मृत्यु

वैशाख १८, मुम्बइ (रासस/एएफपी) | भारतमा माओवादी विद्रोहीले गराएको बम विस्फोटनको घटनामा परी बुधबार मात्रै कम्तीमा १६ जना मारिएका छन् । 

विषेश सुरक्षा टोलीमा रहेका १५ जना र एक जना चालकको सो घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ । दशकौँदेखि भारतमा भइरहेको माओवादी द्वन्द्वका कारणले भएका घटनामध्ये बुधबारको घटना पनि ठूलो घटना मानिएको प्रहरी अधिकारीहरुको भनाइ छ । 

सन् १९६० को दशकदेखि शुरु भएको माओवादी द्वन्द्वका क्रममा भारतमा अहिलेसम्म दशौँ हजारको मृत्यु भइसकेको छ ।

चिनियाँ नेता माओत्से तुङबाट प्रभावित भएका विद्रोही र सुरक्षाकर्मीबीच भारतमा लामो समयदेखि भिडन्त र आक्रमणका घटना हुँदै आएका छन् । 


भारतको महाराष्ट्र राज्यमा माओवादी विद्रोहीले नै केही सवारी साधनमा आक्रमण गरेको सूचनाका आधारमा त्यसतर्फ जाँदै गर्दा उनीहरुले सुरक्षाकर्मीकै गाडीमा आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् । 

महाराष्ट्रको गढचिरौलीमा घटना भएको हो । सो क्षेत्र माओवादी अतिप्रभावित क्षेत्र मानिन्छ । 

त्यस बाहेक विषेश गरेर भारतका झारखण्ड, पश्चिम बङ्गाल, ओडिसा, विहार, छत्तीसगढ, उत्तर प्रदेश, कर्नाटकलगायतका क्षेत्रमा पनि माओवादीको धेरै प्रभाव रहेको छ । 

भारतका प्रमुख आन्तरिक सुरक्षा चुनौतीमध्ये माओवादी विद्रोहलाई पनि लिइन्छ भने उनीहरु सङ्गठित भएर पूर्वी तथा मध्य भारतको ठूलो क्षेत्रमा फैलिँदै गएको पाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी