2026-06-28 02:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तरपश्चिम सिरियामा १०० भन्दा बढी लडाकू मारिए

2019-07-12

असार २७, (रासस-एएफपी) | सिरियाको उत्तरपश्चिममा सरकारी फौज र जिहादी–आबद्ध लडाकूबीच भएको भिडन्तमा दुबै पक्षका १०० भन्दा बढी लडाकाहरु मारिएका छन् । 

सिरियाली अब्जरभेटरी फर ह्यूमन राइट्सका अनुसार गत बुधबारयता भएका पछिल्ला हिंसामा परेर आठ सर्वसाधारणको पनि ज्यान गएको छ । जिसर अल–शुघुरमा सरकारी फौजले गरेको हवाई आक्रमणमा सर्वसाधारणको ज्यान गएको अब्जरभेटरीले जनाएको छ ।

राष्ट्रसंघका अनुसार स्वास्थ्य केन्द्र र स्वास्थ्यकर्मीमाथि पनि लक्षित गरी हवाई आक्रमण भएका छन् । 

सिरियाको गृहयुद्धमा हालसम्म तीन लाख ७० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । सन् २०११ देखि शुरु भएको यस गृहयुद्धबाट लाखौं मानिस अन्यत्र पलायन भएका वा शरणार्थी भएका छन् । 

अब्जरभेटरीले बुधबारदेखि जारी पछिल्लो भिडन्तमा कम्तीमा ५७ जना सुरक्षाकर्मी र ४४ जना जिहादी मारिएको जनाएको छ । अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले हामा प्रान्तको उत्तर समेतका हायात तहरिर अल–शामले नियन्त्रण गरिराखेका क्षेत्रमा सरकारी फौजले भिषण हवाई हमला जारी राखेको बताउनुभयो ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मानवबस्तीमा भएका हवाई हमलाको निन्दा गर्दै नागरिक र नागरिकको सेवाका लागि स्थापित पूर्वाधार, स्वास्थ्य केन्द्रहरुलाई सुरक्षित तुल्याउनु सबैको कर्तव्य रहेको बताउनुभएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी