२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनको विमान खसालेपछि इरानका राष्ट्रपतिको यस्तो प्रतिक्रिया

२०७६, २७ पुष आईतवार १०:२१

पुस २७, (रासस-सिन्ह्वा) | इरानमा गत हप्ता भएको विमान दुर्घटना सम्बन्धमा आवश्यक पर्ने सबै प्रकारको सहयोग र समन्वय स्वीकार गरिने इरानका राष्ट्रपतिले बताउनुभएको छ | इरानी राष्ट्रपति रउहानीले सो कुरा क्यानाडाका प्रधानमन्त्री र युक्रेनका राष्ट्रपतिसमक्ष फोनमार्फत बताउनुभएको हो |

इरानी राष्ट्रपति रउहानीले शनिबार क्यानाडाका प्रधानमन्त्री जस्टिन टु«डो र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग फोनवार्ता गर्नुभएको इरानी समाचार समिति, इर्नाले जनाएको छ । सो फोनवार्ताका क्रममा इरानी राष्ट्रपति रउहानीले उक्त विमान दुर्घटनासम्बन्धी जुनसुकै प्रकारको अनुसन्धान तथा आवश्यक सहयोगको इरानले स्वीकार गर्ने बताउनु भएको समाचारमा जनाइएको छ । 

यसअघि दुर्घटनाग्रस्त भएको युक्रेनी विमान बारे पूर्ण रुपमा अनुसन्धान होस् भन्ने अपेक्षा संयुक्त राष्ट्रसंघले पनि गरेको थियो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका उपप्रवक्ता फराह हकले हवाई उड्डयन सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय, आइकाओलाई उद्धृत गर्दै संयुक्त राष्ट्रसंघ यो विमान दुर्घटनाको अनुसन्धान राम्रोसँग होस् भन्ने चाहेको जानकारी सार्वजनिक गर्नुभएको थियो । 

हवाई उड्डयन सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय, आइकाओले सो विमान दुर्घटनाको पूर्ण रुपमा अनुसन्धान होस् भन्दै यसबाट पत्ता लागेको तथ्यसम्बन्धी प्रारम्भिक प्रतिवेदन आफूलाइ दिनुपर्ने बताएको थियो । अमेरिकामा निर्माण भएको बोइङ कम्पनीको यूक्रेनी विमान गत हप्ता इरानमा दुर्घटनाग्रस्त भएको थियो । सो विमानमा नौ जना चालकदलका सदस्यसहित १७६ जना यात्रामा रहेका थिए । ती सबैजना यात्रुको निधन भएको छ । 

यसअघि इरानको उड्डयन संगठनका प्रमुख अली अबेद्जादेले विमानको ‘ब्ल्याकबक्स’ बिग्रिएको अवस्थामा भेटिएको जनाउनुभएको थियो । दुवै उपकरणका ‘मेमोरी चिप्स’ मा नै क्षति भएको पाइएको जनाइएको थियो । 

यसअघि क्यानाडा र युक्रेनले नै विमान दुर्घटनाको समय इरान र अमेरिकाबीचको द्धन्द्धको समय रहेकोले विमानको दुर्घटना हुनु शङ्कास्पद रहेको बताएको थियो । त्यसै दिन इरानले इराकमा रहेका अमेरिकी सैन्य शिविरहरुलाई लक्ष्य गरेर क्षेप्यास्त्र प्रहार गरेकोले विमानको दुर्घटना पनि यसैसँग सम्बन्धित रहेको विश्वका हानेको थियो ।

सोही समयमा इरानमा विमान दुर्घटनाग्रस्त भएको थियो । त्यसैले इरान आफैले अनुसन्धान गरिरहेको यस दुर्घटनाको अनुसन्धान पूर्ण रुपमा होस् भन्ने अपेक्षा राष्ट्रंघले गरेको बताएको थियो | उता इरानले नै उक्त विमानको दुर्घटनाको कारण क्षेप्यास्त्र नै भएको स्वीकार गरेको छ । सो विमान भुलबस दुर्घटना हुन पुगेको इरानी सेनाले शनिबार नै जानकारी गराएको हो ।

इरानको विशेष सुरक्षा बल ‘स्लामिक रिभोलुसनरी गार्ड् कप्र्स (आइआरजीसी)’ ले यूक्रेनी विमानमा ‘भूलबस’ छोटो दुरीको हतियार प्रयोग गरी खसालेको स्वीकार गरेको छ | इरानमा भएको सो विमानको दुर्घटना इरानले इराकतर्फ हानिरहेको भनिएको क्षेप्यास्त्रका कारण भएको हुनसक्ने अनुमान शुरुमै पश्चिमी मुलुकहरूले गरेका थिए ।

संयुक्त राज्य अमेरिका, क्यानाडा र बेलायतले गरेको सो दाबी इरानले अस्वीकार गरेपनि शनिबार भने विमानलाई चाहेर नभई भुलबस खसालिएको इरानले स्वीकार गरेको छ | इरान सरकारले शनिबार विज्ञप्ति प्रकाशन गरी औपचारिक रुपमा नै सो दुर्घटनाको कारण इरानी सेनाको क्षेप्यास्त्र नै भएको स्वीकार गरेको अधिकारीहरुले जनाएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा