माघ ६, काठमाडौँ | पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ । कोरोना संक्रमण बढेसँगै नयाँ भेरियन्टको त्रास पनि उत्तिकै छ । यसैगरी मानिसमा संक्रमण बढेसँगै विस्तारै जंगली जनावर र घरपालुवा जनावरमा पनि संक्रमण फैलिएको खबर सार्वजनि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ६, काठमाडौँ | पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ । कोरोना संक्रमण बढेसँगै नयाँ भेरियन्टको त्रास पनि उत्तिकै छ । यसैगरी मानिसमा संक्रमण बढेसँगै विस्तारै जंगली जनावर र घरपालुवा जनावरमा पनि संक्रमण फैलिएको खबर सार्वजनि"/>
2026-06-30 08:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जंगली र घरपालुवा जनावरमा पनि कोरोना संक्रमण

माघ ६, काठमाडौँ | पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ । कोरोना संक्रमण बढेसँगै नयाँ भेरियन्टको त्रास पनि उत्तिकै छ । यसैगरी मानिसमा संक्रमण बढेसँगै विस्तारै जंगली जनावर र घरपालुवा जनावरमा पनि संक्रमण फैलिएको खबर सार्वजनिक भएका छन् ।

दक्षिण अफ्रिकामा सिंहलाई कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्युमा जातको एक बिरालोलाई पनि कोरोना भाइरस सरेपछि नयाँ भेरियन्ट उत्पत्ति हुने चिन्ता बढेको छ । चिडियाखानामा सिंह र प्युमा जातको बिरालोलाई कोरोनाभाइरस सरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

चिडियाखानामा जनावरको रेखदेख गर्ने कर्मचारीबाट कोभिड सरेको हुनसक्ने प्रीटोरिया विश्वविद्यालयका वैज्ञानिकहरूले एउटा अध्ययनले निष्कर्ष निकालेको छ । वैज्ञानिकहरूले भने मानिसबाट जनावरमा कोरोना सरेमा घातक हुने जनाएका छन् ।

लगातार कोरोना भाइरस जनावरमा फैलिरहे मानिसमा सर्ने सम्भावना हुन्छ । जनावरबाट मानिसमा र मानिसबाट जनावरमा लगातार सरेमा नयाँ भेरिअन्ट उत्पत्ति हुन सक्ने खतरा औंल्याउँदै वैज्ञानिकहरूले सचेत गराएका छन् । चिडियाखानाका जीवजन्तुमा पनि मानिसमा कोभिड हुने बेलामा देखा पर्ने जस्तै लक्षण देखा परेको छ । सिंह र प्युमा जातिको बिरालो पनि मानिसजस्तै बिरामी परेका छन् ।

जनावरलाई श्वास फेर्न गाह्रो भएको, नाकबाट सिँगान बगेको र सुक्खा खोकी लागेको पाइएको बीबीसीले उल्लेख गरेको छ ।अनुसन्धानकर्ताहरूले चिडियाखानामा जनावरको रेखदेख गर्ने कर्मचारीहरूमा कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको तर, उनीहरूमा लक्षण भने नदेखिएको पाएका थिए । वैज्ञानिकहरूले जनावरको रेखदेख गर्दा पनि मास्क लगाउन र अन्य सुरक्षाका उपाय अपनाउन सुझाव दिएका छन्।

उता रुसका अधिकारीहरूले जनावरहरूलाई कोरोनाभाइरसविरुद्धको खोप दिन थालिएको जनाएका छन्। मानिसबाट जनावरमा सरेर खतरा हुने अवस्थालाई ख्याल गर्दै जनावरलाई खोप दिइएको जनाइएको छ । गत मार्च महिनामा रुसले कोरोनाभाइरसविरुद्ध जनावरलाई दिइने विश्वको पहिलो खोप दर्ता गरेको घोषणा गरेको थियो । रुसका विभिन्न भेगमा भेटरिनरी क्लिनिकहरूमा खोप दिन सुरु गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ