समाज | चितवन - CTW


वयस्क भाले गैँडा मृत फेला

Posted on March 09, 2023 | views : 700 | चितवन - CTW

फागुन २५, चितवन | चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा एउटा वयस्क भाले गैँडा मृत भेटिएको छ । निकुञ्जको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पर्ने अमलटारी क्षेत्र अन्तर्गत सेहरी पोष्ट नजिक २० वर्षीय भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।   निकुञ्जका सहायक संरक्षण अधिकृत एवं स

Read More

दैनिक ४ घण्टा बन्द हुने नारायणगढ–मुग्लिन सडक आइतबारदेखि बन्द नहुने

Posted on March 04, 2023 | views : 645 | चितवन - CTW

फागुन २०, चितवन | नारायणगढ–मुग्लिन सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा बन्द गरिँदै आएकामा आइतबारदेखि बन्द नगरिने भएको छ । भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो । पहिलो ३० दिन बिहान ११ देखि दिउँसो ३

Read More

चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

Posted on February 21, 2023 | views : 830 | चितवन - CTW

फागुन ९, चितवन | पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं ९ का ६० वर्षीय चन्द्रबहादुर तामाङ छन् । चितवन राष्ट्रिय निकुञ्जका अनुसार आज बिहान बाटोमा हिँड्ने क्रममा रत्ननगर–९ लालपर्सा नजिक उनलाई गैँडाले आक्रमण गरेको हो ।  बिहान ६ बजेको स

Read More

सेफ्टीट्याङ्कीमा फसेको गैँडाको उद्धार

Posted on February 11, 2023 | views : 924 | चितवन - CTW

माघ २८, चितवन | चितवन राष्ट्रिय निकुञ्जबाट पर्यटकीय नगरी सौराहा प्रवेश गरेको दुर्लभ एकसिङ्गे गैँडालाई सेफ्टीट्याङ्कीबाट उद्धार गरिएको छ । होटलको सेफ्टीट्याङ्कीमा खसेको गैँडालाई निकुञ्जका कर्मचारी र स्थानीयले उद्धार गरेका हुन् । आहारको खोजीमा बस्ती पसेको गैँडा स्थानीय होटलको सेफ्टीट्याङ्कीमा फसेको थि

Read More

प्रजनन केन्द्रमा हुर्किएका २० गोही नदीमा छाडियो

Posted on February 03, 2023 | views : 789 | चितवन - CTW

माघ २०, नवलपुर | चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय सौराहास्थित घडियाल प्रजनन केन्द्रमा हुर्काइएका २० घडियाल गोही प्राकृतिक बासस्थानमा छाडिएको छ ।  विश्व सिमसार दिवसको अवसर पारेर निकुञ्जले बिहीबार दुई भाले घडियाल तथा १८ पोथी घडियाल राप्ती नदीमा छाडेको हो । प्राकृतिक बासस्थानमा छाडिएको घडियालमध्

Read More

किर्ते शैक्षिक योग्यता देखाएर जागिर खाएका चितवनका प्रधानाध्यापकविरुद्ध मुद्दा

Posted on February 02, 2023 | views : 1027 | चितवन - CTW

माघ १९, काठमाडौँ | चितवन कालिका नगरपालिका वडा नम्बर ५ को भीमोदय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद कँडेलले किर्ते शैक्षिक प्रमाणपत्र पेश गरेको भन्दै अख्तियारले आरोप पत्र दायर गरेको छ। कँडेलले निमावि तृतीय तहमा भीमोदय माध्यमिक विद्यालय चितवनमा स्थायी नियुक्त हुँदा वीरेन्द्र क्याम्पस चि

Read More

‘क्रुजसिप’ मा सरर

Posted on January 18, 2023 | views : 675 | चितवन - CTW

माघ ५, चितवन | नारायणी नदीमा व्यावसायिकरूपमा ‘क्रुजसिप’ सञ्चालनमा आएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको क्रुजसिप व्यावसायिकरूपमा सञ्चालनमा ल्याइएको हो । यही माघ १ गतेबाट नियमितरूपमा व्यावसायिक सञ्चालन गरिएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका कार्यकारी निर्देशक दीपक ढुङ्

Read More

एयरहोस्टेस ओसिनः भर्खरै भर्ती भएकी थिइन् यतीमा, यति नै रह्यो यात्रा

Posted on January 15, 2023 | views : 1571 | चितवन - CTW

माघ १, पोखरा | पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा पर्ने चालक दलका चार जनामध्ये एक थिइन् ओसिन आलेमगर । एयरहोस्टेस ओसिन करिब ५ महिना अगाडि मात्रै यती एयरलाइन्स भर्ती भएकी हुन् । चितवन घर भएकी ओसिन काठमाडौंमा बसेर यतीको जागीर खाइरहेकी थिइन् । तर, उनको उड्डयन यात्रा लामो हुन सकेन । आज भएको य

Read More

नारायणी नदीमा आजदेखि क्रुजसिप चलाइने

Posted on January 15, 2023 | views : 645 | चितवन - CTW

माघ १, चितवन | नारायणी नदीमा आजदेखि ‘क्रुजसिप’ सञ्चालनमा आउने भएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट कम्पनीले क्रुजसिप सञ्चालनमा आउने जनाएको हो । दुई वर्ष पहिले नै क्रुजसिपको परीक्षण गरिएको थियो । कोभिड माहामारी र केही नीतिगत व्यवधानका कारण क्रुजसिप सञ्चालनमा ल्याउन कठिन भएको कम्पनीले जनाएको छ । 

Read More

लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ

Posted on January 14, 2023 | views : 591 | चितवन - CTW

पुस ३०, चितवन | पवित्र तीर्थस्थल देवघाटको बेनीमा आज बिहान बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । गलेश्वर आश्रमका पीठाधीश अनन्त श्री विभूषित आत्मानन्द गिरी जी महाराज, हरिहर आश्रमका पिठाधीश १००८ स्वामी ज्ञानानन्द जी महाराज, महेश सन्यास आश्रमका पीठाधीश १००८ स्वामी रमणानन्द जी म

Read More

खिचरा महोत्सव बिहीबारदेखि, गृहमन्त्री लामिछानेले उदघाटन गर्ने

Posted on January 11, 2023 | views : 589 | चितवन - CTW

पुस २७, काठमाडौँ | पूर्वी चितवनको खैरहनीमा बिहीबारदेखि खिचरा महोत्सव हुने भएको छ । महोत्सवको उदघाटन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गर्दैछन् । थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले हरेक वर्ष माघे सङ्क्रान्तिका अवसरमा आयोजना गर्दै आएको यो महोत्सवको आठौँ संस्करण हो ।  यही पुस २८ देखि

Read More

चितवनको भरतपुरमा श्रीमान्-श्रीमती मृत फेला

Posted on January 10, 2023 | views : 706 | चितवन - CTW

पुस २६, भरतपुर | चितवनको भरतपुर महानगरपालिका-२९ मा श्रीमान् श्रीमती मृत अवस्थामा फेला परेका छन् । भरतपुरको वडा नं. २९ को कार्यालय पछाडि खेतबारी भन्ने ठाँउमा २७/२८८ वर्षका प्रेम रानामगर झुण्डिएको अवस्थामा र उनकी श्रीमती २४/२५ वर्षकी शान्ति रानामगर भुईँमा मृत भेटिएका हुन् । अहिले प्रहरी घटनास्थल

Read More

नेपालमा आजदेखि चरा गणना सुरु

Posted on January 07, 2023 | views : 878 | चितवन - CTW

पुस २३, भरतपुर | नेपालमा आजदेखि चरा गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा चरा गणना गर्न सुरु गरेको हो । गणनामा तीन सय ५० जना चरा विज्ञ र संरक्षणकर्मीको सहभागिता रहेको चरा गणनाका राष्ट्रिय संयोजक डा हेमसागर बरालले जानकारी

Read More

सहिद तथा बेपत्ता परिवारलाई आर्थिक सहायता

Posted on January 03, 2023 | views : 807 | चितवन - CTW

पुस १९, चितवन | भरतपुर महानगरपालिकाले सहिद तथा बेपत्ता भएकाको परिवारलाई आर्थिक सहायता प्रदान गर्ने कामलाई निरन्तरता दिएको छ । गत आर्थिक वर्षबाट कार्यविधि बनाएर सहायता वितरण थालिएको हो । महानगरले एक सूचना जारी गरी तत्कालीन जनयुद्ध र जनआन्दोलनमा सहिद भएका वा बेपत्ता पारिएका परिवारलाई आर्थिक सहायता प्र

Read More

भरतपुरमा आजदेखि हर्न निषेध

Posted on December 22, 2022 | views : 889 | चितवन - CTW

पुस ७, भरतपुर | भरतपुर महानगरपालिकाले साना तथा ठूला सवारी साधनको व्यवस्थापन गर्ने भएको छ । बढ्दो सहरीकरणले सवारी साधन व्यवस्थापनमा समस्या देखिएसँगै महानगरले केन्द्रीय बस टर्मिनल र नारायणगढ बस पार्कमा आजदेखि अनिवार्य पार्किङको व्यवस्था गरेको हो । एक साताअघि महानगरपालिकामा बसेको सरोकारवालाको बैठकले सव

Read More

नारायणगढका सडक सीमाभित्रका संरचनामा डोजर चलाइँदै

Posted on December 21, 2022 | views : 613 | चितवन - CTW

पुस ६, भरतपुर | नारायणगढ–गोन्द्राङ छ लेन सडक विस्तारका क्रममा सडक सीमाभित्र रहेका घरटहरामा डोजर चलाइने भएको छ । डिभिजन सडक कार्यालय भरतपुरले डोजर चलाउन लागेको हो । कार्यालयले दुई पटकसम्म सूचना जारी गर्दासमेत घरधनीले अटेर गरेपछि भत्काउन लागिएको हो । कार्यालय प्रमुख रमेशप्रसाद पौडेलका अनुसार पुल्चोकबा

Read More

नारायणगढ–मुग्लिङ सडक: आजदेखि दैनिक चार घण्टा बन्द

Posted on December 20, 2022 | views : 697 | चितवन - CTW

 पुस ५, भरतपुर | नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो । आजदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा– मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आ

Read More

भोलिदेखि नारायणगढ–मुग्लिङ सडक दैनिक चार घण्टा बन्द हुने

Posted on December 19, 2022 | views : 987 | चितवन - CTW

पुस ४, काठमाडौँ | नेपालकै मुख्य राजमार्गको रुपमा रहेको नारायणगढ–मुग्लिङ सडक ११ बजे देखि ३ बजे सम्म बन्द हुने भएको छ । उक्त सडकको पुल निर्माणको लागि पहाड काट्नु पर्ने भएको कारण पुस ५ गते देखि १ महिना सडक बन्द हुने नारायणगढ मुग्लिङ सडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यले बताए । नारायणगढ–मुग्लिङ सडक खण्

Read More

बढ्न थाल्यो अण्डाको मूल्य

Posted on December 18, 2022 | views : 627 | चितवन - CTW

पुस ३, चितवन | लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको छ । बजारमा माग बढ्दै गएपछि शनिबारबाट चितवनलाई आधार मानेर बजार मूल्य ३० गोटा (एक क्रेट) को रु तीन सय ६० तय गरिएको हो । नेपाल लेयर्स कुखुरापालक सङ्घको बैठकले बिक्री मूल्य तय गरेको हो । यसअघि अण्डाको मूल्य प्रतिक्रेट रु त

Read More

चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

Posted on December 18, 2022 | views : 811 | चितवन - CTW

पुस ३, चितवन | चितवनमा जङ्गली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका–२८ अन्द्रौलीका ७१ वर्षीय भागिरथी सुवेदी मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सुवेदीलाई निकुञ्जबाट निस्केको हात्तीले शनिबार साँझ घर क्षेत्रमै आक्रमण गरेको थियो । आक्रमणबाट घाइते हुनुभएका

Read More

चितवनमा खिचरा महोत्सव हुने

Posted on December 11, 2022 | views : 680 | चितवन - CTW

मङ्सिर २५, चितवन | चितवनमा यस वर्ष खिचरा महोत्सव आयोजना हुने भएको छ । आगामी पुस २९ देखि माघ ९ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा आठौँ संस्करणको खिचरा महोत्सवको हुन लागेको हो । आयोजक थारू कल्याणकारिणीसभा चितवन क्षेत्र नं ७ ले शनिबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी तीव्र

Read More

भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने

Posted on December 07, 2022 | views : 670 | चितवन - CTW

मङ्सिर २१, भरतपुर | भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने भएको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल भवन निर्माण गर्न लागेको हो । यात्रुको चाप हुने यो विमानस्थल विस्तारका लागिसमेत प्रक्रिया अघि बढाइएको छ । प्राधिकरणले टर्मिनल भवनका लागि बोलपत्र आह्वान गरी प्राविधिक मूल

Read More

भूमि आयोगमा थप चार हजार बढी निवेदन

Posted on December 07, 2022 | views : 670 | चितवन - CTW

मङ्सिर २१ चितवन | राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनमा थप चार हजार तीन ९४ निवेदन परेका छन् । गत साउन ३१ गते प्रकाशन गरेको सूचनाअनुसार जग्गाको स्वामित्व, दर्ता श्रेस्ता, फिल्डबुक प्रमाणितका लागि उनीहरूले कार्यालयमा निवेदन दिएका हुन् ।  आयोगले साउन पहिलो साता निकालेको सूचनाका आधारमा तीन सय २७

Read More

पुलबाट ट्रक खस्दा एकको मृत्यु

Posted on December 06, 2022 | views : 1039 | चितवन - CTW

मङ्सिर २०, भरतपुर | नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो । दुर्घटनामा ट्रक चालक धादिङ घर भई मौवा खोला बस्ने सन्तबहादुर राईको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिन

Read More

सवारी दुर्घटनामा सञ्चारकर्मी विश्वकर्माको निधन

Posted on November 22, 2022 | views : 678 | चितवन - CTW

मङ्सिर ६, चितवन | सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा निधन भएको छ । पूर्वी चितवनको राप्तीबाट काठमाडौँ  जाँदै गरेको माइक्रोबस ट्रकमा ठोक्किएर उहाँको आज बिहान निधन भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार  बा४ख ४१२ नम्बरको माइक्रोबस रोकिराखेको ना२ख ८५२२ नम्बर

Read More

चितवन २ मा एमाले उम्मेदवारले ५५४ मत पाउँदा रवि लामिछानेको कति ? (अपडेट)

Posted on November 21, 2022 | views : 1333 | चितवन - CTW

मङ्सिर ५, चितवन । चितवन-२ को मतगणना जारी छ । जारी मत गणनामा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिईरहेका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो स्थानमा छन् । पोखरेलले ५५४ मत पाएका छन् । त्यस्तै एमालेलाई पछ्याईरहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३५७ मत पाएका छन्

Read More

चितवन क्षेत्र नं १ को मतगणना सुरु

Posted on November 21, 2022 | views : 770 | चितवन - CTW

मङ्सिर ५, चितवन | चितवन क्षेत्र नं १ को मतगणना सुरु भएको छ । तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नं १ को मतगणना सुरु गरिएको हो । पूर्वी चितवनको खैरहनी माध्यमिक विद्यालयमा गणना गर्न थालिएको र यो सँगै चार स्थानमा मतगणना गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  बिहान ११

Read More

चितवनको माडीस्थित वैकुण्ठधाममा मेला लाग्ने

Posted on November 21, 2022 | views : 656 | चितवन - CTW

मङ्सिर ५ चितवन | चितवनको माडीस्थित वैकुण्ठधाममा बालाचतुर्दशीको अवसरमा मेला लाग्ने भएको छ ।  मङ्गलबार बालाचतुर्दशीका दिन माडी नगरपालिका–६ स्थित वैकुण्ठधाममा मेला लाग्ने भएको हो । आफ्ना बुबाआमा नहुनेले पितृको मोक्ष प्राप्तिका लागि बालाचतुर्दशीको अघिल्लो दिन रातभर भजनकीर्तन गरी भोलिपल्ट बिहान वैकु

Read More