२३ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

नारायणगढ–मुग्लिङ सडक: आजदेखि दैनिक चार घण्टा बन्द

५ पुष २०७९, मंगलवार ०२:३०

 पुस ५, भरतपुर | नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो ।

आजदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा– मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुनेछ । भौगोलिकरूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्नेलगायतका कामका लागि सवारी आवागमन रोक्न लागिएको कार्कीले बताउनुभयो । उहाँका अनुसार सडकखण्डमा १५ पुल निर्माणको काम भइरहेकामा नौ वटाको काम सम्पन्न भइसकेको छ । चारवटा पुल निर्माणका लागि ठाडो कडा पहाड काट्नुपर्ने भएका कारण यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि यातायात बन्द गरेर काम गर्नुपरेको आयोजनाले जनाएको छ । उक्त समयमा वैकल्पिक राजमार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ ।

नारायणगढतर्फबाट जाने यात्रुबाहक सवारीसाधनलाई पन्ध्रकिलो बजारबाट जुगेडीसम्म बिहान ११ बजे रोकिनेछ भने मालवाहक सवारीसाधनलाई भतेरी जङ्गलबाट रामनगरसम्म बिहान १०ः५० बजेदेखि नै रोकिने छ । काठमाडौँतर्फबाट आउने यात्रुवाहक सवारीलाई मुग्लिन बजारबाट मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुवाहक सवारीसाधनलाई बेनीटारबाट पावर हाउससम्म बिहान १०ः५५ बजे रोकिने छ । 

काठमाडौँतर्फबाट आउने मालवाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालवाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०ः४५ बजे रोकिने छ । बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकललगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोडिनेछ ।  नारायणगढ–मुग्लिङ सडकखण्डमा रु एक अर्ब २५ करोडको लागतमा विश्व बैंकको सहयोगमा पुल निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आजदेखि रास्वपाको जनयात्रा सुरु थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन्ः प्रधानमन्त्री एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो