कोरियाद्वारा बिदेशी कामदारबाट २०% सम्म तलब कटौती गर्ने घोषणा

Posted on: 02 Mar, 2017

फागुन १९, काठमाडौं | कोरियाले रोजगार अनुमति प्रणाली इपिएस मार्फत कोरियामा रोजगारी गर्न आउने विदेशी कामदारलाई लक्षित गरी नयाँ निर्देशिका जारी गरेको छ । कामदारले मासिक रुपमा पाउने पारिश्रमिकको बीस प्रतिशत सम्म कटौति सम्बन्धीत कम्पनीले गर्न सक्ने प्रावधान सहित नयाँ निर्देशिका जारी भएको हो ।

सरकारले जारी गरेको नयाँ निर्देशिका अनुसार कम्पनीले खाना र आवास दिए बापत् कामदारको नियमित तलबबाट बीस प्रतिशत सम्म रकम कटौति गर्न सक्नेछन् । श्रम मन्त्रालयको मानव संशाधन विभाग एचआरडीले इपिएस कामदार ल्याउने मुलुकमा नयाँ श्रम सम्झौता गर्दा नियमित तलबबाट खाना र बस्नका लागि भनेर बीस प्रतिशत रकम काट्न सकिने प्रावधान सहितको बुदाँ उल्लेख गरेर पठाउने तयारी समेत गरेको छ । यस अघि अधिकांश कम्पनीहरुले कामदारलाई निशुल्क खाना र बस्नको सुविधा दिदै आएका छन् भने केहि कम्पनीले खाना र आवासको केहि रकम तलबबाट काट्ने गरेका छन् ।

नयाँ निर्देशिकापछी कोरिया जाने नेपाली सहित बिभिन्न देशका कामदारहरुको तलबबाट कम्पनीले रकम काट्न प्रोत्साहन गरेको छ । नयाँ निर्देशिका संगै कोरिया जाने बिदेशी कामदारलाई अधिकांश कम्पनीले निशुल्क दिंदै आएका आवास तथा खानाको लागि तलबबाटै रकम कटौती हुनेछ । निर्देशिकाले बिदेशी कामदारलाई लक्षित गरेको हुनाले कोरियाको आफ्नै नागरिकलाई यो नियम लागु हुँदैन । कोरियाले आफ्ना नागरिकलाई खाना र आवास निशुल्क रुपमा सुविधा दिंदै आएका छन् । 

कोरियामा हाल बीस लाख हाराहारीमा विदेशी कामदार कार्यरत छन् । जसमा इपिएस मार्फत रोजगारीका लागि कोरिया आउने नेपालीको संख्या झण्डै चालीस हजार रहेको बताइन्छ । त्यसैगरी कोरिया सरकारले आगामी वर्षका लागि नेपालबाट दश हजार भन्दा बढि नेपाली कामदार ल्याउन कोटा निर्धारण गरेको छ । नयाँ निर्देशिकाले एक लाख पचास हजार भन्दा बढि कमाउने आशामा रहेका कामदारलाई पनि प्रत्यक्ष असर गर्ने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!