१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

युरोपेली मुलुक पठाइदिन्छु भन्दै ४२२ जनाबाट ३ करोड असुली, २ जना पक्राउ

१८ बैशाख २०८१, मंगलवार ११:४०

बैशाख १८, काठमाडौँ | वैदेशिक रोजगारीको सिलसिलामा बुल्गेरिया, न्युजिल्याण्ड, रोमानिया, सर्विया, क्रोशियासमेतका देशहरुमा पठाउने भन्दै ४२२ जनासँग रकम लिएर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धादिङको धुनीवेशी नगरपालिका–४ का ३१ वर्षीय जीवा गौतम भनिने रमेश बयलकोटी र कालीकोट छाप्रेका २७ वर्षीय दर्शन नेपाली छन् ।


उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरुले वैदेशिक रोजगारीमा पठाउने भन्दै ४२२ जनाबाट कुल ३ करोड रुपैयाँ लिएर विदेश नपठाएको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए । उनीहरुले प्रतिव्यक्ति १० देखि १४ लाख रुपैयाँसम्म लिएको पाइएको उनले जानकारी दिए ।

उनीहरुले कुखुरा फार्म सञ्चालन गरेका व्यक्तिको नाममा कन्सल्टेन्सी दर्ता गराएर ठगी गरेको खुलेको छ । २०८० को असोजमा कीर्तिपुरमा कुखुरा फार्म सञ्चालन गर्ने कीर्तिपुर नगरपालिका–६ का ललितजंग बमसँग बयलकोटीको सम्पर्क भएको थियो ।

बयलकोटीले आफ्नो समेत गोदावरीमा ३२ रोपनी जग्गा रहेको फार्म सञ्चालनका लागि मान्छे चाहिएको भन्दै बमसँग सम्पर्क अघि बढाएका थिए ।

फार्म सञ्चालन भन्दा पनि कन्सल्टेन्सी खोलेर नाफा बाँडौं भन्दै बमको नाममा कन्सल्टेन्सी दर्ता गराएर ठगी गरेको खुलेको एसएसपी भट्टराईले बताए ।

यो गिरोहमा रहेर ठगी गर्नेहरु केही भने भारतमा बसेर योजना बनाउने गरेको प्रहरीको दाबी छ । विदेश जानेहरुबाट सुरुमा ५० हजार लिएको र अफर लेटर आएपछि १ लाख ५० हजार, वर्क परमिट आएपछि २ लाख लाग्छ भन्दै रकम माग गरेको पाइएको प्रहरीको भनाइ छ । यो गिरोहबाट ठगीमा पर्नेहरु अझै धेरै हुन सक्ने प्रहरीको अनुमान छ ।

कुखुरा फार्म सञ्चालन गरेका बमको नाममा भिसा प्लस प्रालि कन्सल्टेन्सी दर्ता गराई उनकै खाता प्रयोग गरी ठगी गरेको खुलेको छ ।

बमको नाममा रकम आएपछि चेक काट्न लगाई लक्षिन्द्र बहादुर शाहीको खातामा जम्मा गरी निकाल्ने गरेको पाइएको एसएसपी भट्टराईले बताए ।

विदेश जानका लागि उनीहरुले रकम शुल्कहरुको विवरण समेत तोकेका थिए । न्युजिल्याण्डका लागि १६ लाख, बुल्गेरिया र रोमानियाका लागि ७ लाख, क्रोएसियाका लागि १२ लाख लाग्ने भन्दै उनीहरुले रकम उठाएका थिए । उनीहरुबाट ८४ थान राहदानी र १८२ जनाको विवरण राखिएको फाइल पनि प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट