'म तिमिलाइ मेरै आँखा अगाडी नियाल्न चाहन्छु'

Posted on: 18 Aug, 2017

आजकै दिन,हो आजकै दिन..

जतिबेला म रोहिरहदा मेरी आमा 

प्रथम र अन्तिम पटक हासेकी थिइन् ..

तिमिलाई याद छ नि है

छैनभने तिमिले तिम्रो सिसि टि.भिमा 

कैद गरेको फुटेजहरु ब्याक गरेर हेर त..

आजकै दिन, हो आजकै दिन...

लाहुरमा लाखौ कमाएको सम्पती 

पाउँदा भन्दा धेरै खुशी अनि

  गौराम्भित थिए मेरा बाबा

धनकी देबि लक्ष्मी घरमा आइन्  भनेर...

मलाई थाहा छैन तिमी

 यतै कतै छौ कि या  छैनौ

आमाले भनेझै तिमी यतै कतै,

कसैको आत्मामा, कसैको शरीरमा,

आकाशमा, हावामा, पानीमा, सुर्यमा, अनि पत्थरमा छौ त ?

कस्तो छ भनेर सोध्दा

सबै ठिकै छ आमा  भन्दा

सपना नराम्रो देखेकी थिए ,

कतै बिरामी पो पर्यौ की भन्दा

औषधिका क्याप्शुलहरु मन नहुदा नहुदै

पानीको सहायताले निल्दै गर्दा

बिज्ञानलाई  बिर्सिएर म

मेरि आमामा तिमिलाई पाउछु....

आफ्नो फाटेको कमिजलाई टालेरै

मेरा आवश्यकताहरु पूरा गरिदिने 

बाबालाइ हेर्दा..

सन्सारलाइ बिर्सिएर  मेरा बाबाको 

ओठको  हासोमा म तिमिलाइ पाउछु..

त्यसैले, हो ईश्वर तिमी छौ,

मलाई बिश्वास छ तिमी पक्कै छौ..

म तिमिलाइ मेरै आँखा अगाडी नियाल्न चाहन्छु

म नमरुन्जेल सम्मै...

त्यसैले ईश्वर ! मेरा यी हरेक  जन्मदिनमा

मेरा केही आयुहरु मेरा ईश्वरलाई सारिदेउ है...

केही आमालाई...

अनि केही बाबालाई ...

पुजा पराजुली 

यस बिषयमा तपाइको प्रतिक्रिया...!