प्रधानमन्त्रीका कारण दसवर्षे कर्णाली विकास योजना अलपत्र

Posted on: 14 Jan, 2018

पुस ३०, काठमाडौं । कर्णाली विकास आयोगले तयार गरेको दशवर्षे विकास योजना अलपत्र परेको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली विकास परिषद्को बैठक नबोलाउँदा योजना कार्यान्वयनमा आउन सकेको छैन । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

आयोगले ६ महिनाअघि नै विकास योजना तयार गरे पनि परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाले चासो दिएका छैनन् । मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत आयोगका पदाधिकारीले प्रधानमन्त्रीसँग समय मागिरहेका छन् ।

परिषद्ले विकास योजना पारित नगरेसम्म कार्यान्वयनमा आउँदैन । तत्कालीन प्रधानमन्त्री प्रचण्डसँग पनि आयोगका पदाधिकारीले भेटघाट गरी विकास योजना पारित गर्न परिषद्को बैठक डाक्न आग्रह गरेका थिए । परिषद्को बैठक नभएकाले दशवर्षे विकास योजना कार्यान्वयन हुन नसकेको निमित्त कार्यकारी निर्देशक पार्वती अर्यालले बताइन् ।

पहिचान गरिएका कर्णाली गौरवका आठ आयोजना


१ हिल्सा–जुम्ला–सुर्खेत द्रुतमार्ग

२ कर्णाली करिडोर

३ सालझन्डी–ढोरपाटन–दुनै सडक

४ नाक्चे–लाग्ना–गमगढी सडक


५ कर्णाली स्टेसन १, २ जलविद्युत् आयोजना

६ तिला स्टेसन १, २ जलविद्युत् आयोजना

७ कर्णाली जैविक कृषि, उद्योग क्षेत्रको विकास

८ सिमीकोट–रारा–से फोक्सुन्डो पर्यटन क्षेत्र विकास

यस बिषयमा तपाइको प्रतिक्रिया...!