२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पार्टीमा भएको व्यक्तिले भ्रष्टाचार गर्नसक्छ तर पार्टी भ्रष्टाचारी हुँदैन : गगन थापा

२०८०, ३ जेष्ठ बुधबार ०८:३१

जेठ ३, काठमाडौँ | नेपाली कांग्रेस महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी कतै पनि जोडिन नहुने बताएका छन् । प्रजातन्त्रिक विचार समाजको १२ औं राष्ट्रिय महाधिवेशनमा उनले यो प्रकरणमा पक्राउ परेका पार्टीका नेताहरुलाई निलम्बन गर्नुपर्ने बताए ।  कुनै पदमा बसेको मान्छे, प्रहरी, अदालत, निजामति कर्मचारी कहिँ पनि अभियोग लागेपछि स्वतः निलम्बन हुने भएकाले पार्टीले नेता बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्ने थापाको तर्क छ ।


‘नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेता मुछिनु भएको छ। पार्टीमा भएको व्यक्ति भ्रष्टचारी हुनसक्छ, पार्टी हुँदैन । विधिको शासन भएको ठाउँमा कानुनी प्रक्रियाको पालना सबैले गर्नुपर्छ,’  थापाले भने । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिने सबैलाई कारबाही हुनुपर्ने भन्दै यसमा दायाँबायाँ गर्न नहुनेमा उनको जोड छ । 

पार्टीमा दाग लागे उनीहरुलाई निकालेर बाँकी रहेकालाई अगाडि बढाउनुपर्ने उनले बताए ।

‘प्रमाणित भयो भने कारबाही हुन्छ। कोहीप्रतिको पूर्वाग्रही भएर होइन। मलाई भएपनि अर्कोलाई भएपनि त्यही हो,’ थापाले भने, ‘पार्टीको छलफलमा केही साथीहरूले लिनुभएको पोजिसन के छ भन्ने हाम्रोभित्र त परम्परा छैन। परम्परा छैन भने त्यो तोड्नुपर्छ। गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्नु हुँदैन।’ 

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई निलम्बन गर्न सबैले आवाज उठाउनुपर्ने उनले बताए । ‘अनुसन्धनमा कांग्रेस कतै पनि जोडिनुहुँदैन । यसका लागि सबैले आवाज उठानुपर्छ ,’ थापाले भने ।  उनले भने, ‘यो बेलामा मेरो नजिकको र सम्बन्ध छ भनेर हुँदैन। मेरो हकमा पनि त्यही हो अर्काकोमा पनि त्यही हुनुपर्छ।’ यस्तै उनले चुनावअघि सरकार बनाउनका निम्ति गठबन्धन गर्ने कुरा अलोकतान्त्रिक भएको बताए । ‘हाम्रो यो भुल हो । हामी रोक्न चाहन्थ्यौं । रोक्न सकेनौं ।’ अब कांग्रेसलाई नेताबाट नागरिकतिर फर्काउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस