2026-07-24 05:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भिजिट भिसाको सेटिङ : विमानस्थल अध्यागमन कार्यालयका ८ अधिकृत फरार

माघ १४, काठमाडौँ | भिजिट भिसाको सेटिङको आरोप लागेका त्रिवुभन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका ८ जना अधिकृत फरार भएका छन्। प्रहरीले अध्यागमन अधिकृत नरवीर खड्कालाई पक्राउ गरेर यस प्रकरणको अनुसन्धान गरिरहेको छ।

उनको बयानका आधारमा थप ७ जनाविरुद्ध पक्राउ पुर्जी लिएको छ। यसअघि नै पक्राउ अनुमति लिइसकेका ताराबहादुर कुँवर पनि फरार छन्। भिजिट भिसाको सेटिङमा संलग्न रहेको आरोपमा अध्यागमनका ९ जना अधिकृतमाथि मुद्दा चलाउने राय प्रहरीले दिएको छ। यसअघि अध्यागमनमा कार्यरत रहेका अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल र सुजन फागोविरुद्ध पनि प्रहरीले पक्राउ अनुमति लिइसकेको छ। तर अनुसन्धानको म्याद सकिन लागेकाले प्रहरीले उनीहरूलाई फरारकै सूचीमा राखेर आइतबार प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाउने तयारी गरेको छ।

उनीहरु हाल कहाँ कहाँ कार्यरत छन्? भन्ने खुलाएर पठाइदिन प्रहरीले सामान्य प्रशासन मन्त्रालयसँग विवरण माग गरेको छ। यसअघि उनीहरु अध्यागमन कार्यालयमा भए पनि हाल कहाँ कार्यरत छन् भन्ने खुलेको छैन। तर अध्यागमनमा कार्यरत रहँदा उनीहरु भिजिट भिसाको सेटिङमा संलग्न रहेको अनुसन्धानका क्रममा पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकारीले बताए। पक्राउ परेका नरवीर खड्कालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो। पक्राउ पर्नासाथ उनले आफू बाहेकका अरु अधिकृतहरु पनि संलग्न रहेको बताएका थिए।

प्रहरीका अनुसार भिजिट भिसाको सेटिङ पहिले ताराबहादुर कुंवरले मिलाउँथे। पछि उनले नरवीर खड्कालाई जिम्मा लगाएका थिए। उनीहरू दुवै जना रुकुमकै हुन्। पछिल्ले समय नरबहादुरले नै दाललसँग मिलेर विमानस्थलमा सेटिङ मिलाउने गरेको प्रहरीको दाबी छ। पक्राउ परेका दुई जना बिचौलियाले नरवीरलाई दुई करोड बुझाएको अनुसन्धानका क्रममा बताएका छन्। नरवीरले अध्यागमनका कर्मचारीलाई रकम बाँड्ने गरेका थिए।नरवीरले सुरुमा प्रहरीसँगको सोधपुछमा भनेका थिए, ‘तपाईंहरुले ट्रक लिएर गएर अध्यागमनका सबै कर्मचारीलाई ल्याएर थुन्नु भयो भने पनि पाप लाग्दैन। त्यहाँ घुस नखाने भनेको पहिले एक जना महिला कर्मचारी हुनुहुन्थ्यो। उहाँलेचाहिँ पैसा दिँदा पनि लिन मान्नु हुँदैनथ्यो।’

प्रहरीले भिजिट भिसाको सेटिङमा संलग्न १० जनालाई पक्राउ गरेको छ। सुरुमा लिखत सम्बन्धि कसुरमा म्याद लिएर अनुसन्धान गरेको थियो।पछि संगठित अपराधमा म्याद लिएर अनुसन्धान गरेको थियो। आइतबार अनुसन्धान थालेका ५७ औं दिन भयो। ६० दिनभित्रमा जिल्ला अदालतमा मुद्दा दायर गरिसक्नु पर्नेछ।

प्रहरीले भिजिट भिसामा सेटिङको आरोपमा अध्यागमन कार्यालयका कर्मचारीमाथि अनुसन्धान सुरु गरेसँगै अध्यागमनका कर्मचारी र प्रहरीवीचको विवाद कुटाकुटमा पुगेको छ। अध्यागमनका अधिकारीहरूले प्रहरीले आफ्नो क्षेत्राधिकार बाहिर गएर बढी चासो दिएको आरोप लगाएका छन्। गतसाता भिजिट भिसामा विदेश जान लागेका ८० जनाभन्दा बढीलाई २४ घण्टाभित्रमै फिर्ता गरिएको थियो। उनीहरुलाई फिर्ता गरिएको विषयमा पनि अध्यागमनका अधिकारीहरु रुष्ट बनेका थिए। प्रहरीले भने अध्यागमनका कर्मचारीले सेटिङमा पठाउन लागेको आरोप लगाएको छ। गत शुक्रबार अध्यागमनका अधिकृतको शरीर चेकजाँच गर्न खोजेपछि विमानस्थलभित्रै प्रहरी र कर्मचारीबीच कुटाकुट भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन